अंगीकृत नागरिकता नपाइन्जेल विदेशी महिलालाई आवासीय अनुमतिपत्रको प्रस्ताव

नागरिकता विवाद : स्थायी आवासीय अनुमति पत्रले के-के अधिकार पाइन्छ ?

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा सात वर्ष लगातार बसेपछिमात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले त्यस्ता महिलाका लागि आवासीय अनुमतिपत्रको प्रस्ताव अघि सारेको छ ।

आइतबार समितिको सचिवालयले नागरिकता सम्बन्धि कानून संशोधन गर्नका लागि संसदमा पेश भएको विधेयकमा थप गरेको प्रस्तावमा त्यस्ता महिलाले प्रयोग गर्न पाउने अधिकारहरुका ७ वटा बुँदा थप गरिएको छ । संशोधनमा ऐनको दफा ४ को उपदफा १ (ख) मा स्थायी आवासीय अनुमति पत्रको व्यवस्था गर्दै यस्तो अनुमतिपत्र पाएका महिलाले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने उल्लेख गरिएको छ । उपदफा १ को ग मा यी अधिकारलाई ७ बुँदामा उल्लेख गरिएको छ ।

जसअनुसार यस्तो अनुमतिपत्र प्राप्त महिलाले पाउने अधिकारको व्यवस्था यसरी गरिएको छ-

  • चल अचल सम्पति आर्जन गर्न, भोग चलन र बेचबिखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र सम्पतिको अन्य कारोबार गर्न
  • पेशा व्यवसाय संचालन गर्न
  • उद्योग, व्यापार तथा व्यवसायको स्थापना र संचाल गर्न
  • जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइसराजस्ता व्यक्तिगत घटना दर्ता गर्न
  • सेवाग्राहीको हैसियतले कानून बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपयोग गर्न
  • कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
  • राष्ट्रिय परिचय पत्र प्राप्त गर्न।

यी अधिकारहरुमा राजनीतिक अधिकार र सरकारी जागिरमा दरखास्त दिन पाउनेजस्ता अधिकारबारे उल्लेख गरिएको छैन । अंगीकृत नागरिकता प्राप्त गरेपछि यो अनुमतिपत्र स्वत खारेज हुने पनि यसमा व्यवस्था गरिएको छ ।

सत्तारुढ नेकपाले संसद सचिवालयले गरेको प्रस्तावको पक्षमा निर्णय गरिसकेको छ भने विपक्षी कांग्रेस र जसपाले विरोध गरेका छन् । संसदले अघि सारेको नयाँ प्रस्तावबारे छलफल जारी छ । समितिमा आजै यसबारे टुंगो लगाउने संभावना रहेको बताइएको छ ।

————–@online khabar

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव भएको छ । नागरिकता नपाउँदासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गरिनेछ ।

प्रस्तावअनुसार यो अनुमतिपत्रका आधारमा चलअचल सम्बन्धी आर्जन गर्न, भोग गर्न, बेचविखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र अन्य कारोबार गर्न पाइनेछ ।

यस्तै पेशा र व्यवसाय सञ्चालन गर्न, उद्योग, ब्यापार तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । यस्तै जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाई सराई जस्ता व्यक्तिगत घटना दर्ता र राष्ट्रिय परिचय पत्र समेत लिन सकिनेछ ।

प्रस्तावअनुसार अंगीकृत नागरिकता पाएपछि स्थायी आवासीय अनुमतिपत्र स्वतः खारेज हुनेछ ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: