जनता समाजवादी पार्टी निर्माण नहुदै फुटको संघारमा , राजपालाई जिवितै राख्न प्रस्ताव

जसपाबाट राजपा अलग हुने : नेता यादव

जनता समाजवादी पार्टी निर्माण नहुदै फुटको संघारमा पुगेको छ ।

पार्टीका केही नेताहरुको व्यक्तिगत स्वार्थका कारण केन्द्रिय समितीका सदस्यहरुमा जातिय र भौगौलिक रुपमा समावेस नगरिएकाले तिव्र सन्तुष्टी चुलिएको हो । मधेश क्षेत्रमा रहेका आदिवासी जनजाती,दलित ,महिला र प्रदेश नम्बर २ का केही नेताहरुलाई समाबेस नगरेपछि जिल्ला जिल्लामा गुट तयार हुन लागेको छ ।

जिल्लाका सक्रिय नेता र केही शिर्ष नेताहरु राजपा नेपाललाई जिबितै राख्नका लागि कसरत सुरु गरिसकेको पार्टी निकट उच्च स्रोतले जाकारी दिए । जसपाको नयाँ कमिटीमा जनाधार नभएका केही नेताहरु आफ्ना आसेपासेलाइ समावेस गरेपछि नेता कार्यकर्ता भित्र असन्तुष्टी बढदै गईरहेको छ । जिल्लाका एक नेताले नाम नबताउने सर्तमा भने– केही सिमित नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्न मात्र पार्टी एकिकरण गरेकोले यो पार्टी धेरै दिन चल्न सक्दैनन । उनले वैकल्पिक शक्तिको निर्माण गरेको यो पाटी भित्र नाताबाद र परिवारवाद हावी भएको समेत आरोप लगाए ।

पार्टीको पद दुरुपयोग गरी अफनो आफन्त बाट माथि उठन नसकेका टिकट बेचुवा नेताहरुले पार्टीलाई सहि दिशामा लग्न नस्ने उनले बताए । राजपा भित्रका केही नेताहरुले समानुपातीक सिट कराडौमा बेचेको कसैसंग लुकेको छैन ,आज पनि नेतृत्व उनीहरुकै हाथमा गईरहको छ , यसले पार्टीको हित कहिल्य नहुने जिल्ला नेताहरु बताउछन । अहिले सम्म केही शिर्ष नेताहरुकोे हस्ताक्षर नभएकाले राजपालाई नै जिवित राख्न सक्ने एक नेताले जानकारी दिए ।

पार्टीको शिर्ष नेताहरु विच भएको सहमतिलाई लत्याउदै भौगौलिक ,लैङिक ,जातिय रुपमा समिति गठन नभएका कारण जिल्लाहरुमा तिव्र असन्तुष्टी बढेपछि जिल्लाका नेताहरुले राजपालाई जिवितै राख्न प्रस्ताव गरेको छ । यस विषयमा केही शिर्ष नेताहरु विच छलफल भईरहेको स्रोतले जाकारी दियो ।

समाजवादी र राजपाका अन्तुष्ट नेताहरु विच विकल्प बारे छलफल भईरहेको नेताहरुले जानकारी दिए ।

 


 

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीबाट राजपा नेपाल अलगीने सँकेत देखिएको बताइएको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव राहुल यादवले  जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा गएको बताएका हुन् ।

उनले जनता समाजवादीका केही नेताहरुको व्यक्तिगत स्वार्थपूर्ती गर्न जनता समाजवादीका केन्द्रिय समितीका सदस्यहरु जातिय र भौगौलिक रुपमा समावेश नगरिएको भन्दै असन्तुष्टिको तहगत हिसाबले फुटको संघारमा गएको बताएका छन् ।

उनले भने– “पार्टीभित्रै पुनः विवाद चुलिएपछि आदिवासी जनजाती, मुस्लिम, दलित , महिला र प्रदेश नम्बर २ का प्राय जसो नेताहरुलाइ र तयसमापनी केही जिल्लाका नेताहरुलाइ मात्र समावेस गरेको कारण राजपा लाई जिवितै राख्ने कसरतमा शिर्स नेताहरुको छलफल तिव्र रुपमा चलिरहेको छ।”

अहिलेका कार्यकारिणी समितिमा जनाधार नभएका केही नेताहरु आफ्ना आसेपासेलाइ मात्र समावेश गरेको आरोप लगाउँदै एकता भँग हुने तगारमा रहेको बताएका हुन् ।

कथनी र व्यवहारमा व्यापक अन्तर देखिएकोले जनतासमाजवादी केही सिमित नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्न मात्र निर्माण भएको र यसले वैकल्पिक शक्तिको रुपमा नहुने दावी पनि समेत यादवले गरेका छन।

अहिलेसम्म केही शिर्ष नेताहरुको हस्ताक्षर नभएको र सो बिना जनता समाजवादीमा जाने नेताहरु जाने र बाँकी राष्ट्रिय जनता पार्टी नै यथावत रहने जीकिर समेत गरेका हुन् ।

शिर्ष नेताहरुबीच भएको सबै सहमतीलाई लत्याएर भौगौलिक रुपमा, लैङिक रुपमा र जातिय रुपमा समावेश समेत नगरेका कारण जिल्लाहरुमा तिव्र असन्तुष्टि बढेको दाबी गरेका छन् ।

सचिव यादवले जिल्लाका नेता कार्यकर्ताहरुको व्यापक दवाबले शिर्स नेताहरु राजपालाइ जिवितै राख्ने विकल्पमा छलफल चलिरहेको बताएका छन् ।

उनले टिकट बेच्ने समानुपातिक सान्सद बनाउन करोड लिएकाहरु को नेतृत्वमा जान नसक्ने जिल्लाहरुका अधिकाँश नेताकार्यकर्ताहरुको तिव्र असन्तुष्टि रहेको आरोप समेत लगाएका छन् ।

विगत का समाजवादिका असन्तुष्ट र राजपाका असन्तुष्ट शिर्ष नेताहरुबीच सो विकल्पमा छलफल चलिरहेको बताइएको छ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: