पहाडीयाहरुले मानसिक गोबर ननिकाले अब अर्को ‘सिके राउत’ जन्मिन्छ

पहाडीयाहरुले लगाम नलगाए यस्ता घोडाहरुलाई लगाम लगाउने हैसियत मधेशीहरुसँग निहित छ ।

पटक पटक मधेशी मूलका नेपालीहरु उपर अपमान भइरहेको छ र सरोकारबाला मौन छ । हरेक पटक मधेशी समुदायलाई गिज्याएर, हेपेर, अपमानित गरेको नौलो कुरा होइनन् ।

गत जेठ १ गते एक टेलिभिजनमा मधेशी समुदायलाई यतिसम्म अपमान गरिएको छ की अहिले समाजिक सँजालमा सदभाव बिग्रेको जस्तो महसुस हुन थालेको छ ।

मधेसिया (मधेशी समुदाय) भनेको कुनै बाध्यताको उपनाम होइनन्, सहनशिलताको अर्को नाम हो । मधेशी विस्फोटक भए यो देशको कानुन मजबुर हुन बाध्य हुन सक्छ , कारण हामी नेपाली हौ ।

जहिले पनि मधेशी समुदायलाई घोर अपमान गरेर पछि माफी माग्ने एउटा पर्व झैं भएको छ । अपमान गर्ने पर्व र त्यसपछि साधारण रुपमा पुनः गिज्याउँदै माफी माग्ने समापन पक्कै पनि रोचक होइनन् ।

यो देशमा मधेशी आयोग भनेको वर्तमान सत्तापक्षको सोले फिल्मको “रामुकाका” मात्र हुन । मधेशी आयोग मधेशी समुदाय उपरको विभेदपूर्ण नीति, विभेदजनक शब्द, विभेदपूर्ण गतिविधि उपर निगरानी सहित समग्र मधेशको अधिकारको लागि गठन भएको आम नागरिकको बुझाई यति मात्र हो ।

गत जेठ १ गते कृषि टिभी नामक च्यानलबाट प्रसारण भएको कार्यक्रममा एक मधेसी समुदायको चरिचित्रण गरी जसरी अपमानजनक शब्दहरु, दर्शक, श्रोताले फोन वार्तालापमा भनेको शब्दहरु घोचेकै हुन् ।

केही दिन अघि एक जना काठमान्डौंबाट मधेशी समुदायलाई धोती भनेर हेपेसँगै आधी नेपाल खाइदिएको भनेर पनि भनेकै हुन , के नेपालमा मधेश छैन ? मधेशी समुदाय नेपालको हैन ? हामीले अड्डा जमाएर नेपाल खाएकै हौ त ? यस्तो अपमान कहिलेसम्म थेग्ने ?

“मधेशी भनेपछि चिउरा खाने त हो नी” , “ए भइया” जस्ता शब्दहरुले निरन्तर मधेशी समुदायलाई घोचिरहेको छ । यो चाइनाबाट आएका पहाडीयाहरु हुन त ? यीनीहरु जनावरको गोबरै खाएर बाँचेका हुन त भन्न मिल्छ ? दिमागको विभेदपूर्ण गोबर नझिकेसम्म गोबर मानिसकताले मधेशी समुदायलाई घोचिरहन्छ र अन्त्यमा एक अर्का सिके राउत जन्म लिन बाध्य हुन्छन यो देशमा ।

सयौं फूलका थुँगा हामी एउटै माला नेपाली यो गीत बज्नसम्म मात्र सिमित भएको किन महसुस गराइदैछ तराई मधेशका नेपालीहरुलाई ? के त्यो सयौं थुँगा फूलको मालामा हामी मधेशी भनेको पर्दैनौ भने सरकारले क्लीयर कट गर्नुपर्छ , नभए त्यही थुँगाको हामीलाई विभेद किन ?

सधैं कु–मानसिकता र दिमागमा गोबर भरिएका केही पहाडीयाहरुले गोबर निकाल्नुपर्ने आवश्यकता देखिएको छ । झारपात खाएर जनावर जस्तै मानसिकता बनाएका ती पहाडीयाहरुले गोबर साफ नगरे हामी आफ्नो घर आँगन आफै सफा गर्न अग्रसर हुनुपर्ने बाध्यता पनि हुन्छ । किनभने यो घर, यो आँगन हाम्रो पनि हो ।

मधेश आन्दोलनले, मधेशीले देशमा ल्याएको संघीयताको इतिहासलाई बिर्सेर, सीमा रक्षाको लागि सधैं सीमामा बिना हतियारको अडेर हाम्रो भूमिप्रति छडके आँखा लगाउने दुश्मनको लागि पहाडझै खडा भएका मधेसी नेपाली होइनन भने क्लीनचिट सरकारले दिनुपर्छ । कि त एउटै देशमा समान व्यवहार, समान नागरिक, सौहार्द वातावरण र अपनत्वको भाव महसुस गर्ने वातावरण सृजना हुनुपर्छ ।

मधेशी मूलका नेपालीहरुको धैर्य र साहसको बाँध अब अन्तिम अवस्थामा छ, अपमानको सैलावले थेग्न सक्ने अवस्था गुमिसकेको छ । यो धैर्य र साहसको बाँध भत्किए यसबाट हुने क्षतिको भागिदार सरकार पनि हुनैर्छ ।

एउटै देशमा दोस्रो दर्जाको नागरिकको हैसियत भन्ने गोबर गणेश केही पहाडीयाहरुले लगाम नलगाए यस्ता घोडाहरुलाई लगाम लगाउने हैसियत मधेशीहरुसँग निहित छ । यो सम्पादकीयमा कुनै अनर्थ भए, अपशब्द र अपमानजनक शब्द भए माफी माग दिउँला ।

(यसमा सिके राउतः मधेशी समुदायको लागि आवाज उठाउने, रँगभेद र समुदायबीचको असमानता हटाउन लडने पीडित पुरुष हुन । )

Leave a Reply

Back to top button
Close
%d bloggers like this: