जनकपुरमा गाई काटने विरुद्ध जुलुस निकालिएपछि…प्रहरीको हस्तक्षेप

नीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ

जनकपुरमा आज (आईतबार) गाई काटने विरुद्ध नाराजुलुस गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

जनकपुरको स्टेशन एरियादेखि भानुचोकसम्म हिन्दु एकता जिन्दावाद, जय श्री राम लेखिएको बैनर सहित आउँदा प्रहरीले हस्तक्षेप गरी पुनः स्टेशन एरियासम्म लखेटेका छन् ।

गत जेठ २२ गते भैंसीको भन्दै गाई काटेर मासु बिक्री गरेको भन्दै सोही आरोपमा युवाहरुले गाई काटन पाउँदैन भन्दै नारा घन्काएका हुन् ।

प्रदेश नं. १ को मोरँग जिल्ला विराटनगर वडा नं. १७ मा गाई काटेर मासु विक्री गरेको विरोधमा युवाहरुले जुलुस प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

गाईको मासु बेचेको आरोपमा स्थानीय २८ वर्षीय सोहिल मियाँलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।

गाई काटेर मियाँले भैँसीको मासू भनेर बेच्दै गर्दा १० किलो गाईको मासू सहित पक्राउ परेका थिए । सोही विरुद्धमा जनकपुरका युवा सुभाष कुवँरको नेतृत्वमा दर्जन बढी युवाहरुले नाराजुलुस गरेका छन् ।

गत जेठ २१ गते राती नै मासु काटेकाहरूले धेरै मासु भने भैंसीको भन्दै बिक्री गरिसकेका थिए । स्थानीयले सूचना दिएपछि पुगेको प्रहरीले मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मियाँलाई पशुपन्छीसम्बन्धी कसुर ऐनको आधारमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: