जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष

जसपाको अध्यक्षमा महन्थ र उपेन्द्र, वरिष्ठ नेतामा बाबुराम भट्टराई

जेठ, काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।

 

——-Setopati  दुई अध्यक्ष रहनेगरी जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएकाे छ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा दुई अध्यक्ष रहने भएका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने भएको नेता शिवजी यादवले जानकारी दिए।

पार्टीको बरियता क्रममा पहिलोमा ठाकुरको नाम रहेको छ भने बाबुराम भट्टराई चौथो नम्वरमा छन्।

‘पार्टीका हरेक निर्णयमा अब दुई अध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ’ नेता शिवजी यादवले सेतोपाटीसँग भने। त्यस्तै पार्टीमा वरिष्ठ नेताका रुपमा क्रमशः अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो रहने छन्।

यसअघि संघीय समाजवादी पार्टीमा भट्टराई पहिलो वरियतामा थिए।

आइतबार साँझ उक्त पार्टीका शीर्ष नेताहरू पार्टी दर्ता गर्न आयोग कार्यालय कान्तिपथ पुगेका थिए।

गत वैशाख १० गते मध्यरातमा समाजवादी र राजपा एकीकरणको सहमति भएको थियो। भोलिपल्ट दल दर्ता गर्न आयोग पुगे पनि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दर्ता भएको थिएन।

 

———Ratopati जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका छन् । यस्तै, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।ठाकुर र यादवको अध्यक्ष रहने गरी आइतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो ।

जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२  भएको छ।

————Anpurnapost

आइतबार वरियता विवाद मिलेपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको हो। निर्वाचन आयोगमा दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा नाम राखिएको छ।

पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन्। शनिबार र आइतबार दुई दिनसम्म चलेको छलफलपछि पार्टी दर्ता भएको हो।

कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो। निर्वाचन आयोगमा दर्ता गर्दा भने बाबुराम भट्टराईलाई अशोक राई पछिको वरिष्ठ नेता बनाइएको छ। अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।

 

Leave a Reply

Back to top button
Close
%d bloggers like this: