साँसद गँगा चौधरीको ‘नश्लिय अभिव्यक्ति’ : मातृका

प्रतिनीधि सभामा हिन्दी भाषा प्रयोग गरेको भन्दै भारतीय चेली भनेपछि विवाद चलेको हो

जनकपुरधाम ।  नेकपाका नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले केन्द्रीय सँसदमा नेकपाकी नेतृ गँगा चौधरीले दिएकी अभिव्यक्ति नश्लिय भएको बताएका छन् ।

नेता यादवले आफ्नो अधिकारिक फेसबुकमा विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै “भारतीय चेली” को संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु रहेको बताएका छन्।

वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण  अधिकार रहेको तथा नेपालको संविधानको मर्म नै त्यही भएको जीकिर गर्दै साँसद चौधरीले नश्लिय अभिव्यक्ति दिएको बताएका छन् ।

“संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको छ तर नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुनेछ । नेपालको विभिदतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यकता छ । यस्ता अभिव्यक्तिले समाजलाई  फुट उन्मुख गर्ने गरेको छ । एक अर्काको भेष–भाषा र कला–संस्कृतिको सम्मान नगरी राष्ट्रीय एकता बलियो पार्न सकिन्न ।”– उनले फेसबुकमा लेखेका छन् ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: