विरोधपछि सरकारले कर तिर्ने अवधि बढायो

चौतर्फी विरोधपछि सरकारले सार्‍यो कर तिर्ने समयसीमा

काठमाडौँ — सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्‍याएको छ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि आन्तरिक राजस्व विभागले शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म समय थपेको हो  ।

‘जेठ २५ गतेसम्म सीमा बढाएका छौं,’ विभाग उपमहानिर्देशक मुक्ति पाण्डेले भने, ‘विभागले तोकेको समय सीमाभित्र शुल्क र ब्याज लाग्दैन ।’ विभागले १५ गतेसम्म तोके पनि उद्योगीहरुले भने लकडाउन खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । लकडाउनले उद्योगधन्दा नै ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ ।

उपमहानिर्देशक पाण्डेले यसबीचमा केही समस्या आए सहजीकरण गरिने उनले बताए । ‘मन्त्रालयको निर्देशनअनुसार कार्यान्वयन गरेका छौं,’ उनले भने, ‘यस अवधिमा कुनै समस्या भए सहजीकरण गर्छौं ।’ विभागले जारी गरेको सूचनाअनुसार करदाताले चैत महिनामा बुझाउनु पर्ने आयकरको दोस्रो किस्ता असार १५ गतेसम्म बुझाउनुपर्ने उल्लेख छ ।

मूल्य अभिवृद्धि करको हकमा २०७६ फागुन, चैत र २०७७ वैशाख महिनाको मासिक कर विवरण, २०७६ माघ, फागुन र चैत २०७७ वैशाख महिनाको द्धिमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ ।

फागुन, चैत र वैशाख महिनाको बुझाउनु पर्ने विवरण तथा विवरण बमोजिमको अन्तशुल्क दाखिला गर्ने म्याद असार ७ गतेसम्म, अग्रीम कर कट्टी र अग्रीम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार ७ गतेसम्म तोकेको छ ।

सूचना

———-

आन्तरिक राजश्व विभागले कर तिर्नुपर्ने समयसीमा सारेको छ।

यसअघि विभागले जेठ २५ गतेभित्र चैतसम्म बुझाउनु पर्ने सबै कर बुझाउन सूचना जारी गरेको थियो।

लकडाउनका बेला कर बुझाउन ताकेता गरेको भन्दै उक्त कदमको विरोध भएपछि सरकारले समय सारेको हो।

विभागले बुधबार अर्को सूचना जारी गर्दै मूल्यअभिवृद्धि कर र अन्त:शुल्क असार ७ गतेसम्म बुझाउनु पर्ने र आयकरको दोस्रो किस्ता असार १५ सम्म बुझाइसक्नुपर्ने व्यवस्था गरेको छ।

उक्त मितिमा कर नबुझाएमा ब्याज तथा थप जरिवाना लाग्नेछ।

सरकारले लकडाउनका कारण चैत २५ देखि समयसीमा सार्दै आएको थियो।

नयाँ थपिएको समयभित्र व्यवसायीहरुले २०७६ को माघ,फागुन चैत र २०७७ को वैशाखको मूल्य अभिबृद्धि करको विवरणअनुसार कर बुझाउनुपर्ने छ।

त्यस्तै अन्त:शुल्क २०७६ को फागुन,चैत र २०७७ को वैशाखको विवरण र सोही विवरणअनुसारको कर असार ७ भित्रै बुजाउनुपर्ने छ।

आयकरको विवरण तथा कर बुझाउने समयसीमा भने दुई प्रकारको तोकिएको छ। गएको फागुन,चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कर कट्टीको विवरण तथा असुलीको विवरणअनुसारको कर असार ७ गतेभित्रै बुझाउनुपर्ने छ।

त्यस्तै चैत महिनाभित्रै बुझाउनुपर्ने चालु वर्षको संसोधित अनुमानित आयकरको दोस्रो किस्ता बापतको रकम भने असार १५ भित्र बुझाउनुपरेने छ।

गएको फागुन,चैत र वैशाखको शिक्षा सेवा शुल्क,दुर सञ्चार सेवा दस्तुर, टेलिफोन स्वामित्व शुल्क पनि असार ७ भित्रै बुझाउनुपर्ने छ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: