असक्षम भिजनलेस र भ्रष्ट तिनै तहका सरकार: समाजसेवी उमेश यादव

असक्षम भिजनलेस भ्रष्ट म्याद-गुज्रेका नेतृत्व चयन गर्दा तपाईं र तपाईंको बच्चाको भविष्य यस्तै नै हुने हो। के तपाईं यस्तै चाहनुहुन्छ ?

खास गरि एस प्रति मधेश र मधेशी जनताहरु लाइ होस् पुर्याउनु जरुरि छ |

मान्छे भोकै मरिरहेका छन्, र स्थानीय/प्रदेश/संघीय सरकारको ताल हेर्नुस्! पोखरी सौन्दर्यीकरण, गेट र भ्यूटावर जस्ता परियोजनाका नाममा अरबौं खर्च।

१०-१२ परिवार आश्रित नहुने र वर्षमा छठ़ पर्व बाहेक अरु दिनमा डिलमा पनि नजाने एउटा एउटा पोखरीको लागि ८-८ करोड “सौन्दर्यीकरण” (=कार्यकर्तापालन) को नाममा। सड़कमा गेट बनाउने नाममा २-२ करोड़। भ्यू-टावरको लागि अरबौं ।

१०-१२ परिवार पनि खासै लाभान्वित नहुने कुनै वडाको एउटा पोखरी सौन्दर्यीकरणमा प्रदेश सरकारले दिएको ८ करोड़ले के गर्न सकिन्छ ?

मानौं, १५,००० रुपैयाँ प्रति महिनाका दरले हरेक घर एक रोजगारी“को लागि “तलबै” दिए पनि एउटै वडाका एउटै पोखरीले पाएको बजेटबाट मात्रै ४४५ परिवार (वा सरदर ४४५ * ५ = २२२५ व्यक्ति) वार्षिक रुपमा रोजगारी पाउने थिए र आत्मनिर्भर बन्ने थिए। (वर्षभरिमा उनीहरूले गर्ने उत्पादन नै आउँदो वर्षका लागि आत्मनिर्भरताको आधार बन्न पर्याप्त हुनसक्छ)। यसरी लाखौं रोजगारी/आत्मनिर्भरता सिर्जना गर्न सकिन्थ्यो।

तर जनता पनि सुशासन भन्दा भ्रष्ट नेता चयन गर्न र भ्रष्टाचारीसँगै दुई-चार हजार खानमा नै मख्ख! अनि नेता पनि जे काममा सबभन्दा बढ़ी भ्रष्टाचार गर्न सकिन्छ, त्यही गर्ने ! भलै उता मान्छे बेरोजगारी र भोकले छटपटिएर मरिराखून्!

चार दिनदेखि भोकै बसेपछि मृत्युवरण गरेका सप्तरीका मलर सदा, भोकले नै किर्तीपुरमा ढलेर प्राण त्यागेका  सूर्यबहादुर तमांग र धनुषा जटही नाकामा भोकले छटपटाएर मरेका  बीरेन्द्र यादव, स्थानीय, प्रदेश र संघ सरकारको पूर्ण असक्षमता र भ्रष्टाचारको प्रमाण हो।
सत्ताको कुर्सीमा बसेपछि देखिने शासकीय अहंकारको परिणाम हो।

यी छोटेबड़े राजाहरूलाई फालेर जनताराज कायम गर्नु आवश्यक छ। करौंड़ौमा टिकट र पद किनेर आउनेहरूले जनताको हित गर्न सक्दैनन्। यी वास्तवमा हत्या हुन्।

तर यस्तै रह्यो भने याद राख्नुस् वीरेन्द्र यादव, मलर सदा र सूर्यबहादुर तमांग  भोकले ढ़लेका ठाउँमा, उपचार न पाएर मरेका ठाउँमा, भोलि तपाईंका आफ्नै प्रियजन पनि हुनसक्छन्। व्यवस्था खराब भए देश-विदेशमा तपाईं जति पैसा कमाए पनि, त्यसले तपाईंलाई बचाउन सक्दैन। र, टुहुरा हुने तपाईंकै बालबच्चा पनि हुनसक्छन्। त्यसैले समयमै सोचौं। #मृतक प्रति हार्दिक श्रद्धाञ्जलि।

बिचार: @उमेश कुमार यादव , सर्लाही 

Leave a Reply

Back to top button
Close
%d bloggers like this: