गाउँपालिका अध्यक्षको इशारामा मठको महन्थ लाई निर्घात कुटपिट: पर्सा गाउँपालिका

रामजानकी मठ अन्तर्गत रहेको पोखरी पुरेर धर्मशाला निर्माण कार्य गरिदै

सर्लाही, पर्सा गाउँपालिका को अध्यक्ष किशुनदेव यादवको इशारामा साविक पर्सा गा.वि.स. वडा नं. ९ हाल पर्सा गाउँपालिका वडा नं. ५ स्थित श्री रामजानकी मठको महन्थ रामचन्द्र दास बैरागी लाई निर्घात कुटपिट गरि घाइते बनाएको स्थानीय बासिले जानकारी दिनुभयो |

 

रामजानकी मठ अन्तर्गत रहेको पोखरी पुरेर गाउँपालिकाले बिना कुनै जानकारी धर्मशाला निर्माण गराईरहेको जानकारी पाउनु साथ महन्थ रामचन्द्र दास बैरागी धर्मशाला निर्माण स्थल पुगेर त्याहा काम गराई रहेका समिति लाई यस बारे हामि सँग गाउँपालिकाले कुनै प्रकारको समन्वय र जानकारी नगराई निर्माण कार्य गैरकानुनि हो र यसरि मठ मन्दिरको जग्गा अतिक्रमण वा पोखरी पुरेर कुनै भौतिक संरचना बनाउन पाउंदैन भनिरहदा समितिको मानिसहरु तथा त्यसका सहयोगीहरु ले ठाडो शब्द प्रयोग गरि  “यो  पोखरी मठको जागा मा  हो भन्ने के प्रमाण छ तिमि सँग”

“महन्थ- यो पोखरी मठको जग्गामा हो भनेर जग्गाको लालपुर्जा देखाउदा सुरुमा महन्थ लाइ डराउनु र  हपकाउनु को साथ साथै गालि गलौच गरे र पछी हुहल्ला हुदा चली रहदा स्थानीय बासीले पनि यसरि मठ मन्दिरको जागामा रहेको पोखरी पुरेर बिना कुनै सहमति र सहकार्य कुनै निर्माण कार्य गर्न पाउदैन भनेर  बिरोध गर्दा समेत काम रोकेन र मठको महन्थ रामचन्द्र दास बैरागीले काम रोक्न खोज्दा त्याहा उपस्थित समितिका सहयोगी  सिकारी राय यादव, संजिव महतो, सुनिल महतो, प्रमोद यादव, संजिव यादव, मेथुन पाण्डे लगायतका मानिसहरु ले महन्थ लाइ निर्घात कुटपिट गरि घाइते बनाएका छन | स्थानीय बासिको सहयोगमा महन्थ लाइ मठमा लयाएर सामान्य उपचार गराई, टाउको, खुट्टा र छातीमा बेसरी नै चोट लागेको हुन्नाले  थप उपचारको लागि सर्लाही जिल्ला अस्पताल मलंगवा  लागिएको छ |

Leave a Reply

Back to top button
Close
%d bloggers like this: