अहिलेसम्म राष्ट्रघात पहाडी समुदाय बाटै भएको छ: समाजसेवी युवा उमेश यादव

मधेसीको राष्ट्रियताको ट्रेडमार्क के हो ?

आनतर्पन्युर तथा समाजसेवी सर्लाही जिल्ला निवासी उमेश कुमार यादवले अहिलेसम्म राष्ट्रघात पहाडी समुदाय बाटै भएको टिप्पणी गरेका छन् ।

अहिलेसम्म देशको कार्यकारी प्रमुखको पदमा कुनै मधेसी नपुगेको बताउँदै नेता श्रेष्ठले राष्ट्रियताको कुरा गर्दा हरेकपटक मधेसी समुदायले आफ्नो राष्ट्रियताको प्रमाण दिनुपरेको भन्दै आक्रोश व्यक्त गर्दै अहिलेसम्म राष्ट्रघात गर्नेहरू पहाडे राष्ट्रवादको खोलमा ‘मौसमी राष्ट्रवाद’को खेती गरिरहेकाहरू नै गरेको समेत उनको आरोप छ ।

अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि ‘मौसमी राष्ट्रवाद’ कै कारण भारतको हातमा पुगेको उनको टिप्पणी छ । २०५३ सालमा संसदबाट महाकाली सन्धि पारित गर्दा महाकालीको मुहानको विवाद हल गरेको भए अहिले राष्ट्रवादको कुनै खेती गर्नुनपर्ने समेत उनको भनाइ छ ।

नेपालको मुट्टू भनेर चिनिने Mt. Everest अर्थात सागरमाथा पाछिलो कही समय देखि गूगल मयापले Mt. Everest नेपलको सट्टा चीनको नक्शामाँ देखाउदा समेत केही न्बोलने खोकला राष्टबाड़ीहरुले  मौसमी राष्ट्रवादको खेल पछिल्लो समय राजनीतिमा मात्रै नभएर खेलकुदमा पनि प्रवेश गरेको भन्दै यादवले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले मधेसी जनतामा राष्ट्रियताको भावना कम भएको विवादास्पद टिप्पणीको आलोचना गर्दै मधेसीको राष्ट्रियताको ट्रेडमार्क के हो ? त्यो बताउन र आफूहरूलाई सिकाउन समेत उनले चुनौती दिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको नयाँ नक्सा सार्वजनिक गरेर वाहीवाही लुटिरहेको वर्तमान सरकारले सर्लाही सहित देशभरका अन्यअतिक्रमित ठाउँको बारेमा भने मौन बसेको उनको आरोप छ । भारतीयको लाठी र गोली खाएर सीमाको रक्षा गर्ने मधेसी समुदायको अपमान नगर्न समेत उनले चेतावनी दिए । पाछिलो केही समय देखि सामाजिक संजाल मार्फत मधेशी समुदाय लाइ हेला गर्ने, अपमानित गर्ने र गाली गर्दा समेत नेपाल सरकारले कुनै कानूनी कार्बाई नगरेको यादवको भनाई छ |

एन्फा अध्यक्ष शेर्पाले एक अन्तरवार्तामा तराई मधेसका जनतामा राष्ट्रियताको भावना कम भएकोले उनिहरूलाई राष्ट्रियता सिकाउन जरुरी रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: