‘‘ ए जिन्दगी ”

यति विस्तारै न हिँड ए जिन्दगी ,
कि भेट्नलाई छुटियोस् ।
विगतका ती सुमधुर सम्बन्धहरु ,
समयले चुडियोस् ।
चिसोले काँपिरहेका जीउलाई ढाक्न ,
च्यात्तिएका लुगा टाल्न अझै बाँकी छ ।
ऋणको भारी बोकेका घरलाई ,
सम्हाल्न अझै बाँकी छ ।
पर्खाइमा बसेकी बूढी आमालाई ,
ओखती पुर्याउन पनि बाँकी छ ।
चाहिएको होला मनतातो पानी ,
सिरानी छेउ गिलास भने खाली छ ।
आज ड्युटी आउन सकिन भनि ,
साहुको गाली खान पनि बाँकी छ ।
बुढेसकाल सुसार गर्न आमाकी ,
बुहारी ल्याउन अझै बाँकी छ ।
किनमेल गर्ने बेला भैसक्यो ,
तर हात भने खाली छ ।
यति विस्तारै न हिँड ए जिन्दगी ,
कि भेट्नलाई छुटियोस् ।
विगतका ती सुमधुर सम्बन्धहरु ,
समयले चुडियोस् ।
बर्षौ देखि दबिएका आशयहरु ,
पोख्न अझै बाँकी छ ।
केहि आफ्ना केहि आफन्तका ,
सपनाहरु सजाउन अझै बाँकी छ ।
माइत सम्झी रहेकी बहिनीलाई ,
निम्तो पठाउन पनि बाँकी छ ।
चाडपर्व मुखैमा आइसके ,
बजार भाउ बुझ्न पनि बाँकी छ ।
साथीभाइहरु सँग लिएका ,
उधारो तिर्न पनि बाँकी छ ।
किनमेल गर्ने बेला भैसक्यो ,
तर हात भने खाली छ ।
यति विस्तारै न हिँड ए जिन्दगी ,
कि भेट्नलाई छुटियोस् ।
विगतका ती सुमधुर सम्बन्धहरु ,
समयले चुडियोस् ।

लेखक: मयुदिन अंसारी (सर्लाही)

 

Leave a Reply

Back to top button
Close
%d bloggers like this: