महिलाहरु तर्फ जिलेबिया, मनतोरिया लगयातका उपाधीहरु प्रदान गरिदै आएको छ ।

जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरमा होलीको पूर्व सँध्यामा मनाइने महामूर्ख सम्मेलनको लागि यसपालीका उपाधी मुख्यमन्त्रीलाई दिइने भएको छ ।

मिथिला नाट्य कला परिषद जनकपुरद्धारा आयोजना गरिदै आएको महामूर्ख सम्मेलनमा यसपालीको उपाधी प्रदेश नं. २ का मुख्मन्त्री मो. लालबाबू राउतलाई दिइने पक्का भएको मिनापले जनाएको छ ।

होली पर्वसँगै जनकपुर क्षेत्रमा आजभोलि सबैभन्दा बढी चर्चामा रहने महामूर्ख सम्मेलन यसपाली पनि महामूर्खलाई लिएर नै चर्चामा रहेको छ । जनकपुरको जानकी मन्दिर प्रांगणमा आज (सोमबार) आयोजना भएको महामूर्ख सम्मेलनमा प्रदेशका मुख्यमन्त्री राउतलाई उक्त उपाधी दिने पक्कापक्की भएको मिनापका सुनिल मल्लिकले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष व्यंग्यात्मक शैलीमा हुने सम्मेलनमा कुनै एक विशिष्ट व्यक्तिलाई उपाधि प्रदान गर्ने गरिएको छ । मधेशको चर्चा र मधेशका हिम्मतबाला मुख्यमन्त्रीको रुपमा चर्चित मुख्यमन्त्री राउतलाई महामूर्खको उपाधी दिने भएको हो ।

दिउँसो २ बजेदेखि सुरु हुने महामूर्ख सम्मेलनमा सयौं व्यक्तिहरुको उपस्थितिमा अन्य विशिष्ट व्यक्तिहरुलाई समेत विभिन्न दर्जा भन्दै उपाधी दिने गरेको छ । यसपालीको पटमूर्खको लागि जीतेन्द्र सोनलको नाम चर्चामा रहेपनि अहिले पक्का नभएको बुझिएको छ । यद्यपी जितेन्द्र सोनलको पनि नाम महामूर्खको लागि चर्चामा भएपनि अन्ततः राउतलाई छनौट गरिएको हो ।

सोही कार्यक्रममा पटमूर्ख, खेसारीलाल, मिरचाईलाल, बैशाखानन्द, डपौरशंक, लोढाशंकर, मुसरीलाल, हराशंक, बज्रकीट, बोतलानन्द, बंशकुरहरि, चपाटनन्दन जस्ता उपाधी सहित महिलाहरु तर्फ जिलेबिया, मनतोरिया लगयातका उपाधीहरु प्रदान गरिदै आएको छ । @enewsbureau

Leave a Reply

Back to top button
Close
%d bloggers like this: