मधेशी समुदायका विद्यार्थीहरु उपर आक्रमण !

गुण्डागर्दी गरेको भन्दै समाजिक सञ्जालमा आपत्ति सहित कारवाहीको माग समेत गरिएको छ ।

जनकपुरधाम । होलीको अवसरमा आयोजना गरेको एक कार्यक्रममा मधेशी समुदायका विद्यार्थीहरु उपर आक्रमण गरिएको छ ।

प्रदेश नं. १  को धरान स्थित रहेको पूर्वाञ्चल क्याम्पस धरानमा समाजवादी विद्यार्थी युनियनले ‘राष्ट्र एक रङ्ग अनेक’ कार्यक्रममा नेपाली काँग्रेस  समर्थित विद्यार्थीहरुले धाँधली गर्दै कुटपिट समेत गरेको छ ।

होली पर्वको अवसरमा आयोजना गरेको सो कार्यक्रममा नेपाली काँग्रेस  समर्थित नेविसंघका विद्यार्थीहरुले कार्यक्रम भाँडने क्रममा समाजवादी विद्यार्थी युनियनका विद्यार्थीहरु सहित मधेशी समुदायका अन्य विद्यार्थीहरु उपर आक्रमण गरेको हो ।

आक्रमणमा परी समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष विद्यानन्द यादव (वेदर्दी), सदस्य राजेश यादव लगायतका विद्यार्थीहरु उपर कुटपीट गरिएको हो ।  कुटपीटबाट  विद्यार्थीहरु समान्य घाइते भएका छन् ।

कुटपीटबाट ईलेक्ट्रिकल ईन्जिनियरिङ्ग तेस्रो वर्षमा अध्ययनरत विद्यानन्दलाई आँखा तथा जीउमा चोट लागेको छ । यसैगरी एग्रिकल्चर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी राजेश समेत समान्य घाइते भएका छन् ।

घाइते विद्यानन्दका अनुसार निशान्त भट्टराई लगायतका नेविसंघका विद्यार्थीहरुले कार्यक्रममा बज्दै गरेको साउण्ड अचानक बन्द गरिदिएका थिए ।

कार्यक्रम रोकिएपछि साउण्ड किन बन्द गरेको भनी सोध्दा उक्त समूहले गाली गर्दै कुटपी गर्न थालेका थिए । ‘शुरुमा मुक्का र फाइटिङ्गबाट कुटपीट गर्न शुरु गरेको तथा पछि फलामको रड बोकेर आक्रमण गर्न आयो’ उनले थपे ‘टाउँकामै लक्षित गरी रडले हिर्काएको तर जेनतेन टाउँको जोगाएर भाग्न सफल भएँ ।’

कार्यक्रममा अचानक कुटपीट गर्न थालेको विषयमा प्रहरीलाई जानकारी गराउँदा प्रहरी आएको तर कुटपीट गर्ने विद्यार्थीलाई चिनाउँदा समेत वेवास्ता गरेको घाइते विद्यानन्दले बताए । हाल आफुहरु सुरक्षित रहे पनि कुनै पनि बेला उनीहरुले आक्रमण गर्नसक्ने अवस्था रहेको उनले जानकारी दिए ।

हिमाल पहाड र मधेशलाई जोडने तथा समाजिक सद्भावकासाथ कार्यक्रम आयोजना गरिएकोमा यस्तो उदण्डता प्रस्तुत गरेको देख्दा आफु आश्चर्यचकित भएको उनले बताए ।

आफुहरुले जोड्ने काम गर्दा पनि यसरी वितण्डा मच्चाउने तथा आक्रमणमा उत्रेर सामाजिक सद्भावलाई समेत खल्बल्याउने गरी देखाएको चरित्र घोर निन्दनीय रहेको उनले प्रतिक्रिया दिए ।

उक्त घटनामा संलग्न दोषीलाई कडा कार्वाही गरी मधेशी विद्यार्थीहरुको जीउ–ज्यानको सुरक्षाको सुनिश्चितता गर्न समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष विद्यानन्दले बताए ।समाजवादी विद्यार्थीहरुको बढ्दो सिर्जनशिलता र लोकप्रियता सहन नसकी नेविसंघ समर्थित विद्यार्थीहरुमा निशान्त भट्टराई लगायतका विद्यार्थी नेताहरुले मिलेर कुटपिट गरी कार्यक्रम भाँडेको आरोप लगाइएको छ ।

शान्तिपूर्ण कार्यक्रममा फलामको रड, मुक्का, लात्तीले हिर्काउँदै मधेशी विद्यार्थीहरु माथिको आक्रमण एवम् गुण्डागर्दी गरेको भन्दै समाजिक सञ्जालमा आपत्ति सहित कारवाहीको माग समेत गरिएको छ ।

यस घटनाबारे हामीले सुनसरीका एसपीसँग प्रतिक्रिया लिन खोज्दा भीडमा भएको र व्यवस्तता देखाउँदै पछि कुरा गर्ने प्रतिक्रिया दिनुभयो । @enewsbureau

Leave a Reply

Back to top button
Close
%d bloggers like this: