नेपालले भुटानी, तिब्बतीयन, म्यानमार, बंगलादेश, भारतका शरणर्थी समस्या खेप्नुपर्ने

काठमाडौं । भुटानी र तिब्बतीयन शरणर्थीको समस्या खेपेको नेपालले पुनः रोहिंग्या मुस्लिमहरूको समस्या खेप्ने देखिएको छ । अहिले सात वर्षयता म्यानमारबाट बंगलादेश, भारत हुँदै नेपालमा आएर बसिरहेका तीण् समुदायले राजधानीको कपनस्थित बालुवाखानीमा अस्थायी टहरा बनाएर शरण लिइरहेको छन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले नेपाल शरणार्थीसम्बन्धी पक्ष राष्ट्र नभएको हुनाले उनीहरूलाई केही गर्न नमिल्ने बताए । प्रवक्ता सर्माले नेपालले मानवीयताका हिसाबले मात्र शरण दिएको जनाएका छन् ।

हाल उनीहरूसँग राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालयले खाद्यान्न सहयोग गरिरहेको छ । तर, नेपाली विज्ञहरूले सरकारलाई रोहिंग्यालाई नेपालले तत्काल डिपोर्ट गर्नुपर्ने सुझाव दिएका छन् । मानवीय हिसाबले शरणार्थीहरूलाई शरण दिँदा नेपाल शरणार्थीका लागि ‘सेफ हेभन’ बन्न पुग्ने र त्यसले नेपालको सामाजिक, आर्थिक र सुरक्षा क्षेत्रमा असर पार्ने उनीहरूको भनाइ छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले रोहिंग्या समुदाय अनौपचारिक रूपमा बसेको जानकारी दिए ।

बूढानीलकण्ठ–१० का वडाध्यक्ष राजु अधिकरीले तीन ठाउँको जग्गा भाडामा लिएर बसेको उनीहरूले झैझगडा गर्दा झगडा गर्नेको पहिचान गर्न समस्या रहेको बताए । उनले संख्या ४ सयदेखि ५ सयको हाराहारीमा रहेको समुदायलाई सरकारले अन्यत्रै व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

विगतमा भुटानी र तिब्बती शरणर्थी समस्यालाई सामना गरेको रोहिंग्याले पनि समस्या नदेलान भन्ने अवस्था छैन । गृह मन्त्रालयको आँकडाअनुसार भुटानी शरणार्थीलाई विभिन्न मुलुकले लगे पनि अझै ५ हजार ५ सय ७९ अझै नेपालमै छन् ।
त्यस्तै, अहिले तिब्बतीयनको संख्या १२ हजार ५ सय ४० रहेको छ । त्यसमा पुनः रोहिंग्या देशमा थपिँदै जाने हो भने नेपालमा अझशरणार्थीको समस्या हुन सक्ने देखिन्छ । रोहिंग्यालाई पनि भुटानी र तिब्बतीसरह शरणार्थीको मान्यता दिइए त्यसले नेपालको राष्ट्रिय सुरक्षामा दीर्घकालीन रूपमै चुनौती ल्याउन सक्ने विज्ञहरूको बताएका छन् ।

विगतमा भारतले नियतवश भुटानी शरणार्थीलाई भारतबाट नेपालमा लखेटेको आरोप लाग्दै आएको छ । भारतमा अहिले पनि हजारौं रोहिंग्या शरण लिइरहेका छन् । @khojkenddra

Leave a Reply

Back to top button
Close
%d bloggers like this: