अब मोबाइल एप्लिकेशनबाट नाप नक्सासम्बन्धी काम

कास्की, २५ फागुन । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेशन (क्इप्ए) लञ्च गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपको बारेमा तयार गरिएको भिडियो क्लिक गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सार्वजनिक गरेकी हुन् ।

नापी विभागले आयोजना गरेको नाप नक्सा सम्बन्धी दुई दिने सिप विकास सम्बन्धी गोष्ठीको समापन गर्दै मन्त्री अर्यालले कास्कीले शुरु गरेको सेवा देशर लागु गरिने बताइन् । मालपोतमा सेवा शुरु भइसकेको भन्दै उनले अब देशभर लागू गरिने बताइन् ।

सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई जोड दिँदै जग्गा प्रशासनको सुधार गर्नका निम्ति अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रविधिले छिटोछरितो सेवा लिन, सुशासनका निम्ति महत्वपुर्ण भूमिका खेलेको बताइन् ।

सेवामा प्रविधिको प्रयोगको रिजल्ट विस्तारै आउदै गरेको भन्दै उनले छोटो समयमा काम सम्पन्न गरेर घर फर्कन सेवाग्राहीलाई सजिलो भएको बताइन् । @madheshvani

Leave a Reply

Back to top button
Close
%d bloggers like this: