सीमानाकामा कोरोना भाइरसको सहायता कक्ष स्थापना

कपिलवस्तु, २५ फागुन । जिल्लाको कृष्णनगरमा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.) कपिलवस्तुबाट विशेषगरी भारतबाट नेपालतर्फ आउने तथा स्थानीय बजारबाट आवतजावत गर्ने सर्वसाधारण जनताहरुको लागि कोभिड–१९ (नोभल कोरना भाइरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको छ ।

कृष्णनगर नगरपालिका वडा नं. २ स्थित लिङ्कगेट र यात्रु गेट सीमा नाकामा सहायता कक्षको स्थापना साथै जनचेतनाको लागि कोभिड–१९ सँग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ ।

उक्त सहायता कक्षमा नगरपालिकाबाट तालिम प्राप्त स्वास्थ्यकर्मी परिचालन गरी चेकजाँच गर्ने गरिएको र कुनै पनि शंका देखिएको अवस्थामा समेत शिवराज अस्पताल बहादुरगंजमा पठाइने गरेको जानकारी स.प्र.ना.उ. सुशिल कुमार शाहीले जानकारी दिए । @madheshvani

Leave a Reply

Back to top button
Close
%d bloggers like this: