विराटराजाको दरबारमा होली मिलन

विराटनगर, २५ फागुन । प्रदेश नं. १ को राजधानी विराटनगरको पौरानिक स्थल विराटराजाको दरबारमा संस्कृति संरक्षणका लागि होली मिलन तथा संस्कृति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

महाभारत कालिन विराटराजाको दरबार विराटनगर महानगरपालिका वडा नं. १८ को भेडियारीमा संरक्षणको परखाईमा रहेको सो स्थानलाई प्रचार प्रसार गर्नका लागि प्रदेश नं. १ का प्रदेश सभा सदस्य जयराम यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा पौरानिक होरी गाउंने प्रचलनमा रहेको जोगिरा प्रदर्शन गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथी यादवले भने होरीमा जोगिरा गाउने प्रचलन पौरानिकका साथै सांस्कृति र मेलमिलापको पर्वभएकोले वर्षभरिमा भएको तितो मिठोलाई विर्सेर होली पर्व भव्य र सभ्य तरिकाले मनाउन आग्रह गर्दै जोगिराको संरक्षण गर्नका लागि संस्थागत भएर अगाडी वढे सहयोग गर्न तयार रहेको वताए ।

जागिरा प्रर्दशन गर्ने टालीहरु विराट राजा दरवार जोगिरा टोली संयोजक विरेन्द्र यादव, भेडियारी वीच टोल जोगिरा टोली संयोजक महानन्द यादव, भेडियारी पश्चिम जोगिरा टोली संयोजक विजय मण्डल, भेडियारी पुर्वी टाल जागिरा टोली संयोजक छेदी यादव र राजा विराट दरवार दमाडिही पोखरी टोल जोगिरा टोली संयोजक प्राणचन्द मण्डललाई आयोजक संस्था भिलेज नेपालले प्रमाण पत्र र गम्छा ओढाएर सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा विराटनगर महानगर पालिका वडा नं. १८ का अध्यक्ष राजदेव यादव, राजाविराट प्राचिन दरवार संरक्षण सतितिका अध्यक्षकमल किशोर यादव, वडा सचिव सम्भु प्रसाद साह, वृहत मधेशी नागरिक समाजका कोषाध्यक्ष योगेन्द्र प्रसाद यादव, समाजसेवी हरिनारायण यादवले होरीको वारेमा चर्चा गर्दै होरीका शुभकामना दिएका थिए ।

सो कार्यक्रम भिलेज नेपालका अध्यक्ष श्याम सुन्दर सुतिहारको अध्यक्षतामा सम्पन्न भएको थियो । @madheshvani

Leave a Reply

Back to top button
Close
%d bloggers like this: