कम नम्बर ल्याउने विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ

काठमाडौ, फागुन २४ २०७६, परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीको शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई सो आरोपमा पक्राउ गरिएको हो । बानेश्वर प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको हो ।

‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं । उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्छ, काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले संचारकर्मीसंग कुरा गर्दै भने।

शिक्षिका कर्माचार्यले बिहीबार कक्षाकोठामै कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्न लगाएकी थिइन् । उक्त घटनाबारे शनिबार नयाँ पत्रिका दैनिकले पहिलोपटक समाचार प्रकाशन गरेपछि घटना बाहिरिएको थियो ।

विद्यालयका अनुसार गत साता शिक्षिका कर्माचार्यले २० पूर्णाङ्कको परीक्षा लिएकी थिइन्। कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन् । नतिजा सुनाएपछि बिहीबार कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थीलाई सिसाकलम तिखार्न प्रयोग गर्ने ब्लेडले हात चिर्न दवाव दिएकी थिइन् । उनीमाथि १५ नम्बरभन्दा कम नम्बर आएका विद्यार्थीको हात (नाडी) चिर्न लगाएको आरोप छ ।

घटना पश्चात शिक्षिका कर्माचार्यलाई शुक्रबार नै एकेडेमीले जागिरबाट हटाएको थियो । एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले १२ वर्षदेखि अध्यापन गराउंदै आएकी शिक्षिका कर्माचार्यलाई निर्ममतापुर्वक घटना गराएको आरोपमा शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताएका छन ।

‘सामाजिक शिक्षा विषयको शिक्षक सीतालक्ष्मी कर्माचार्यले शारिरीक दण्ड दिएको विद्यार्थी तथा अभिभावकहरूबाट गुनासो आएकोले पुनः यसप्रकारको दण्ड दिने कार्यलाई निरूत्साहित गर्दै शिक्षकबाट दण्डरहित शिक्षणको सम्मान गर्दै निज शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई २०७६/११/२३ गतेदेखि लागू हुने गरी यस विद्यालयको शिक्षक पदबाट अवकाश दिने निर्णय विद्यालय व्यवस्थापन समितिको बैठकले गरेको भन्ने कुरा प्रिन्सिपल श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका कर्माचार्यले आफ्नो गल्ती स्वीकार गरिसकेकी छिन । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूबाट गल्ती भएको बताएकी छन् ।@okpukar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: