विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले दियो अवकास

२४ फागुन, काठमाडौं । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई विद्यालयले अवकास दिएको छ ।

काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ र ७ का ३४ विद्यार्थीको हात चिर्न लगाएकी थिइन् ।

राम्रो नम्बर नल्याउने विद्यार्थीहरुलाई बिहीबार बेञ्चमा उभ्याएर सिसाकल चिखार्ने ब्लेडले हात चिर्न लगाएको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ । घटना बाहिर आएपछि विद्यालयले शिक्षिका कर्मचार्यलाई अवकास दिएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकले दण्ड दिने कार्यलाईनिरुस्ाहित गर्दै शिक्षकहरुबाट दण्डसहिथ शिक्षणको स्म्मान गर्दै सीतालक्ष्मीलाई शुक्रबारको मितिबाट लागू हुने गरी अवकास दिने निर्णय गरेको पि्रन्सिपल राजनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

@onlinekhabar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: