प्रदेश नं. २: पर्सा राष्ट्रिय वनमा पाटेबाघ मृत भेटियो

डिभिजन वन कार्यालय पर्सा अन्तर्गतको राष्ट्रिय वन क्षेत्रमा बुधबार एउटा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।

जिराभवानी गाउँपालिकामा रहेको सवडिभिजन वन कार्यलय वसन्तपुरदेखि करिब ७ सय मिटर उत्तरको वन क्षेत्रमा पाटेबाघ मृत अवस्थामा फेला परेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले जानकारी दिए ।

करिब २० वर्षको जस्तो देखिने पाटेबाघ अर्को बाघसँग जुध्ने क्रममा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । @terainews

Leave a Reply

Back to top button
Close
%d bloggers like this: