भारतीय खुल्ला सिमाका कारण तराइ कोरोनाको जोखिममा ,कोरोनालाई बेवास्ता गर्दा महङ्गो पर्नसक्छ

फाल्गुन-विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल लगायत विभिन्न सात राष्ट्र कोभिड नाइन्टिनको उच्च जोखिममा रहेकोले सतर्क रहन चेतावनी दिएको छ । तर डब्लुएचओको चेतावनीका बाबजुद नेपालले पर्याप्त सतर्कता अपनाएको देखिदैन ।

विश्वका ५० भन्दा धेरै देशमा कोविड नाइन्टिनको संक्रमण देखि सकेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल पनि कोरोनाको उच्च जोखिमा रहेको भन्दै सतर्क रहन चेतावनी दिएको छ । कोरोना विरुद्ध अहिलेसम्म कुनै औषधी वा खोप समेत नरहेकाले यसको नियन्त्रणका लागि रोकथाम मात्र उपाय रहेको छ । तर, नेपाल अझै पनि कोरोना प्रति गम्भिर भएको देखिदैन । संक्रमित देशबाट फर्केका यात्रुलाई परिक्षण समेत नगरी नेपाल भित्रिन दिएर सरकारले चरम लापरवाही गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयले पटक पटक पत्रकार सम्मेलन गरी विमानस्थलमा हेल्थ डेस्क राखिएको र विदेशबाट आउने नागरिककलाई अनिवार्य परिक्षण गर्नु पर्ने व्यवस्था गरिएको दाबी गर्दै आएको छ । तर, विदेशबाट फर्केका यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वास्तविकता सार्वजनिक गरी सरकारमाथि गम्भिर आरोप लगाएका छन । यतिा, स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमण फैलिन नदिन विमानस्थल मात्रै नभई विभिन्न नाकामा चिकित्सकको टोली खटाएको दाबी समेत गरेको छ ।

कोरोनाको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहदाँ भारत समेतले विहिवार बाट लागुहुने गरि जापान र दक्षिण कोरियाको नागरिकलाई भारत प्रवेशमा रोक लगाएको छ । तर नेपालले भने आफनो देश कोरोना मुक्त रहेको दाबी गर्दै विदेसी नागरिकलाई नेपाल भ्रमणमा आउन आग्रह गरिरहेको छ । नेपाली अर्थतन्त्रका लागि भ्रमण वर्ष महत्पुर्ण भएपनि जनस्वास्थभन्दा ठुलो कुरा केही नहुने भन्दै अहिलेको अवस्थामा सरकारले पर्याप्त सतर्कता अपनाउनु आवस्यक देखिएको छ । @terainews

Leave a Reply

Back to top button
Close
%d bloggers like this: