प्रदेश नं. २ का प्रत्येक जिल्लामा दलित आवास निर्माण

जनकपुरधाम, फागुन २३ दलितहरुको वास व्यवस्थापनका लागि प्रदेश २ सरकारले दलित आवास निर्माण गर्ने भएको छ ।

शुक्रवार मन्त्रिपरिषदको बसेको बैठकबाट प्रदेशका आठवटै जिल्लामा प्रत्येक जिल्ला गरी सयको दरले दलित आबास घर निर्माण गर्ने निर्णय गरिएको बताइएको छ ।

आन्तरिक मामलिा तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सप्तरीबाट सुरुवात हुने दलित आबास निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइने समेत बैठकबाट निर्णय गरिएको कुरा जानकारी दिएका छन ।

त्यस्तै मन्त्रीपरिषद बैठकबाट ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशमा कक्षा १ देखि ८ सम्मका विपन्न दलित एवं मुस्लिम छात्रालाई मासिक पाँचसय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय समेत गरिएको उहाँले जानकारी दिए ।

मन्त्री यादवका अनुसार बैठकबाट प्रदेश अनुगमन तथा मूल्यांकन दिगदर्शन २०७६ लाई स्वीकृति दिनुका साथै प्रदेश सरकारको मन्त्रालय तथा आबास रहेको जनकपुरको मधेश भवनमा प्रादेशिक रेडियो सञ्चालन गर्न जग्गा दिने, प्रदेश मुद्रन छापाखाना निर्माण गर्ने लगायतको निर्णय पनि गरिएको छ । @lokpukar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: