घुमुवा प्रहरीले महिलालाई दुव्र्यवहार गरेको भन्दै टायर बालेर प्रदर्शन

जनकपुरधाम । भन्सार नतिरेर चढिरहेको भारतीय गाडी प्रहरीले महिलालाई दुव्र्यवहार गरी नियन्त्रणमा लिएको भन्दै जनकपुरस्थित पीडारी चोकमा चक्का जाम गरेको छ । सडकमा टायर बालेर प्रदर्शन गरेपछि सवारी साधनहरु अलपत्र परेको थियो ।

जनकपुरधाम ९ का जितेन्द्र पासवान भारतीय नम्बरको बोलेरो गाडी चढ्छन् । प्रदेश प्रहरीले उनी भन्सार नतिरेरै गाडी चढिरहेको सूचना पाए । बुधवार सादा पोशाकका प्रहरीको टोलीले उक्त गाडी नियन्त्रणमा लिन उनको पुगे । गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याए ।

तर गाडीधनी जितेन्द्रले घुमुवा प्रहरीले आफ्नो आमा नेमकुमारी पासवानलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘भन्सार तिरेको छैन भने जरिवाना लिन पाउँछन् । तर घर पुगेर आमामाथि घुमुवा प्रहरीले दुव्र्यवहार गर्यो । जर्वजस्ती घुमुवा जितेन्द्र यादबले आमालाई गाडीमा राख्न खोज्यो । के यस्तो गर्न पाउँछन् ?’

घुमुवा प्रहरीले आमालाई दुव्र्यवहार गरेको भन्दै जितेन्द्रले आफ्ना साथीभाईलाई खबर गरेपछि सबै भेला भए । लगत्तै उनीहरु बुधवार साँझ पीडारी चोकमा सडकमै टायर बाले । सडक अवरुद्ध गर्यो । उनीहरु दुव्र्यवहार गर्ने घुमुवा प्रहरीमाथि कारबाही हुनुपर्ने भन्दै प्रदर्शन समेत गरे ।

उनीहरु सडक अवरुद्ध गरेपछि पुगेका प्रहरीले छलफल गरी दोषी ठहरिए कारबाही गर्ने आश्वासन दिए । त्यसपछि आन्दोलनमा उत्रेकाहरु अवरुद्ध सडक सुचारु गर्न सहमत भए । तर जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेश यादबले उनीहरुलाई छलफलका लागि नबोलाएको बताए ।

उनले भारतीय गाडी भन्सार नतिरेर राखेको थियो कि चोरीको हो थाहा भएन तर प्रदेश प्रहरी कार्यालयको सादा पोशाकको टोलीले नियन्त्रणमा लिएको बताए । उनले नम्बर थाहा नभएको ति बोलेरो गाडी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइसकेको समेत बताए ।

‘भन्सार नतिरेर गाडी चढ्न पाइदैन, प्रहरी निरीक्षक यादबले भने, ‘भन्सार नतिरेर गाडी चढिरहेको सूचना प्रदेश प्रहरीले पाएको हुनसक्छ । वा चोरीकै पनि हुनसक्छ । त्यसैले उनीहरु नियन्त्रणमा लिएको हुनुपर्छ ।’

उनले गाडी नियन्त्रण्मा गएका प्रहरीले महिलालाई दुव्र्यवहार नगरेको समेत दावी गरे । उनले नियन्त्रणमा लिन पुगेका बेलाको सबै भिडियो समेत खिचेको भन्दै दुव्र्यवहार गरेको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारे । janakpurtoday

Leave a Reply

Back to top button
Close
%d bloggers like this: