संसारभर झन्डै ३० करोड विद्यार्थीको कक्षा छुट्यो, आमाहरू भन्छन्- क्वारेन्टाइनमै बसेजस्तो भयो

फागुन २२,

कोरोना भाइरसको महामारीले संसारभरका झन्डै तीस करोड विद्यार्थी प्रभावित भएका छन्। भाइरस संक्रमणबाट जोगाउन संसारभरका विभिन्न ठाउँका स्कुल बन्द भइरहेका छन्।

बुधबार इटालीका स्कुल बन्द भए भने अमेरिकाले पनि बन्द हुने चेतावनी दिएको छ। केही साताअघिसम्म कोरोनाको उद्गम देश चीनका स्कुल मात्रै बन्द थिए। भाइरस द्रुत गतिमा फैलिएसँगै बुधबारसम्म २२ देशका विभिन्न क्षेत्रमा स्कुल बन्द भएका छन्। दक्षिण कोरिया, इरान, जापान, फ्रान्स, पाकिस्तान लगायतले विद्यार्थीलाई हप्ता वा महिनासम्म छुट्टि दिएका छन्।

चीनपछि यो महामारीले इटालीमा धेरै असर पुर्‍याएको छ। त्यहाँ मार्च १५ सम्म स्कुल बन्द हुने अधिकारीहरूले बताएका छन्।

जापानमा पनि आगामी अप्रिलसम्म सबै स्कुल बन्द गर्ने भनिएको छ।

कोरोनाका कारण अमेरिकामा अहिलेसम्म दस जनाको मृत्य भएको छ। समस्यालाई मध्यनजर गर्दै अमेरिकाका विभिन्न राज्यले स्कुल आपतकालीन बन्द गरिएका घोषणा गरे। पछिल्लो समय लस एन्जलसले अभिभावकहरूलाई स्कुल बन्द भएको जानकारी गराएको हो भने वासिङटन र न्युयोर्क धेरै स्कुल बन्दै भइसके।

यसरी द्रुत गतिमा स्कुल बन्द हुँदा धेरै विद्यार्थी, शैक्षिक संस्थालाई असर पुग्छ। स्कुलले परिवार, समुदाय र सम्पूर्ण अर्थ व्यवस्थाका लागि संरचना र समर्थन दिएको हुन्छ। यसरी हप्तौं वा महिनौं स्कुल बन्द हुँदा केटाकेटी र समुदायलाई ठूलो असर पुग्छ।

‘बच्चाहरू भनिरहेका हुन्छन्– अब कहिले बाहिर खेल्ने? कहिले स्कुल जाने?,’ घरमा दुई महिना थन्किएपछि दुई छोरीले प्रश्न गर्न थालेको हङकङमा सुरक्षाकर्मीका रूपमा कार्यरत गावो मेंगसियनले बताइन्।

An employee in Tokyo working as her son completed his schoolwork on Monday.
टोकियोकी एक आमा छोराले पढ्दै गर्दा आफ्नो काम गर्दै। तस्बिरः एपी

अन्य देशका विद्यार्थीमा यसको असर झनै चिन्ताजनक छ। कोही कलेज भर्नानिम्ति आवश्यक अध्ययन कक्षा छुटाइरहेका छन् भने केही गणित लगायत विषयमा पछाडि पर्ने जोखिम छ।

बालबालिका घरमै हुने भएकाले अभिभावकले पनि उनीहरूको हेरचाह निम्ति आफ्नो पारिश्रमिक खर्चिरहेका छन्। केहीले भने कोरोना भाइरसले असर नपारेका स्थानमा आफ्ना बालबालिका भर्ना गराइरहेका छन्। शैक्षिक सत्रको अन्त्यतिर अन्य ठाउँ पुग्नुपर्दाको झमेला विद्यार्थीले भोगिरहेका छन्।

‘मसँग कुनै तथ्यांक त छैन तर लामो समय स्कुल बन्द हुनुले अर्थतन्त्रमा असर पुग्छ,’ वासिङटनस्थित पेटर्सन इन्टिच्युट फर इन्टरर्नेसल इकोनोमिक्समा कार्यरत जेकब किर्केगार्डले भने।

हङकङगमा गावोजस्ता परिवारले आफ्नो स्थिति सुधारका निम्ति धेरै संघर्ष गरेका छन्। ४८ वर्षीय गावोले आफ्ना छोरी हेर्नकै निम्ति काम छाडिन् र घरेलु काममा खर्चिइन्। उनी हप्ताको एक पटक बाहिर काम गर्छिन् र आफ्ना दस र आठ वर्षीय छोरीलाई समय दिन्छिन्। उनीहरूलाई अनलाइन कक्षामार्फत् सहयोग गर्छिन्। तै कति समय अलमल हुन्छ र छोरीहरू पनि दिक्क हुन्छन्।

फ्रान्सकी ३९ वर्षीय जुलिया बोर्साडको समस्या गावोकोभन्दा फरक छैन। आफ्नो छोराको छुट्टिपछि उनको दैनिकी परिवर्तन भयो। अचेल छोरालाई पढाइमा सघाउँदै उनको दिन बित्छ।

सरकारले गावो र जुलियाजस्ता परिवारलाई सहयोग पुर्‍याउन नखोजेको होइन्। जापानले यस्ता आमाहरू काम गर्ने साना उद्योग र कम्पनीलाई उनीहरू बिदा बस्दा भएको घाटा बेहोर्न आर्थिक सहयोग गरिरहेको छ। फ्रान्सले पनि आफ्ना केटाकेटी हेर्ने कोही नभएको खण्डमा पारिश्रमिकसहित १४ दिन छुट्टि दिने प्रतिबद्धता जनाएको छ।

Attending an online class at home in Fuyang, China, on Monday.
चीनको फुयाङमा घरमै अनलाइन कक्षा लिँदै विद्यार्थी। तस्बिरः चाइना डेली/रोयटर्स

स्कुल बन्द हुँदा विद्यार्थी र अभिभावकसँगै समाजका अन्य क्षेत्रमा पनि व्यापक असर परेको छ। जापानका स्कुलले दिँउसोको खाजा बन्द गरिसकेका छन्, जसले किसान र वितरक प्रभावित भएका छन्। हङकङमा धनीका परिवारले आफ्ना बालबालिकालाई विदेशी स्कुल भर्ना गराएपछि घरेलु सहयोगी बेरोजगार भइरहेका छन्।

यद्यपी, स्कुल र सरकारी निकायले विद्यार्थीलाई घरैमा पढ्ने वातावरण तयार पार्न खोजिरहेका छन्। इटालीले एउटा वेबपेज नै बनाएको छ जहाँ शिक्षकले भिडिओ र तयारी पाठ सामग्रीमार्फत पढाउन सक्छन्। मंगोलियाले टेलिभिजनमार्फत् कक्षा सञ्चालनमा ल्याएको छ। इरानले बालबालिकाका अनलाइन सामाग्रीलाई निःशुल्क बनाएको छ।

विद्यार्थीले अनलाइनमार्फत शारीरिक शिक्षा पनि लिइरहेका छन्। तर यसको अफलाइन यथार्थ फरक छ। चीनमा बलियो इन्टरनेट संकेत खोज्दै शिक्षक र विद्यार्थी आफ्नो छत र छिमेकीका घर हिँडिरहेका तस्बिर सामाजिक सञ्जालहरूमा फैलिएको थियो। चिनियाँ पत्रिकाका अनुसार मंगोलियाका एक मान्छे राम्रो इन्टरनेट संकेतका लागि बसाइँ नै सरे।

अझै पनि घरायसी काम र बालबालिकाको स्याहारमा महिला नै अग्रपंक्तिमा भएकाले यसको धेरै असर महिलाकै दैनिकीमा परिरहेको छ।

‘स्कुल बन्द गर्नु ठिकै हो, तर यसको ठूलो मूल्य चुकाउनुपर्छ,’ इटालीकी टाग्लियाबेले भनिन्, ‘हामीजस्ता आमाहरूलाई सरकारले केही गर्नुपर्ने हो। एक हिसाबले भन्दा हामी पनि क्वारेन्टाइनमा बसिरहेका छौं। @setopati

Leave a Reply

Back to top button
Close
%d bloggers like this: