सिद्धबाबाले आत्मसमर्पण गरे

२० फागुन २०७६  अदालतमा मुद्दाको बहस हुँदै गर्दा विपक्षमा फैसला आउने देखेपछि भागेका सिद्धबाबाले अन्ततः जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् । उनले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका हुन् । सिद्धवावा  भनिने कृष्णबहादुर गिरीले अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागके थियो । उनी भारत भागेका थिए ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसैगरी १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकि कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

गिरीले आफु उपचार गराउन भारत गएको बताएका छन्गर । उपचारमा गएको बखत उच्च अदालत बिराटनगरले पुर्पक्षका लागी थुनामा राख्ने आदेस गरेपछि अदालतमा हाजिर हुन आएको बताएका छन् । उनले आफू नभागेको  दाबि गरेका छन् । निर्दोष भएकाले अदालतको शरणमा आएको उनले बताएका छन् ।

पूर्वको एक प्रख्यात धार्मीक स्थल बराहा क्षेत्रमा आश्रम सञ्चालन गरेर बस्दै आएका थिए ।

आफ्नै अनुन्ययीमाथि जबरजस्ती बलात्कारको आरोप लागेपछि निर्दाेष देखिने प्रयासमा छन् । पिडित महिलाले फोनमा पैसाको प्रलोभन देखाइ मुद्दा नगर्न अनुरोध गरेको भ्वइस रेकर्डसहित उजुरी गरेकी छिन् । @purnapusti

Leave a Reply

Back to top button
Close
%d bloggers like this: