कोरोनाभाइरस : अमेरिकामा थप चार जनाको मृत्यु

मृतकको संख्या ६ पुग्‍यो

संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।

कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।

ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ ।

वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् ।

वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् ।

किङ्ग काउन्टीमा देखिएका १४ मध्ये ८ र चार मृत्यु एउटा केयर सेन्टरसँग सम्बध रहेको छ । मृत्यु हुने सबै बृद्ध र पहिल्यै स्वास्थमा समस्या रहेकाहरु छन् ।

कोरोनाभाइरसको संक्रमण भएका रोगीहरुलाई आइसोलेसनमा राख्न त्यहाँ एउटा होटल नै किन्ने तयारी भइरहेको छ ।

यो हप्ता अमेरिकामा तीव्र रुपमा कोरोनाभाइरसका रोगीहरुको सङ्ख्या बढेको छ । अहिलेसम्म देशमा आधिकारिकरुपमा ९१ जनामा यसको संक्रमण देखिएको छ ।

वासिङ्टन, क्यालिफोर्निया र ओरेगनमा  कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्तो क्षेत्रमा यात्रा गरेर आएकाहरुसँग सम्पर्कमा नरहेकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार के–के भयो अमेरिकामा ?

– न्यूयोर्क गभर्नर एन्ड्रयु क्युमोले राज्यमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको बताए । उनका अनुसार इरानबाट फर्किएकी ३९ वर्षीया स्वास्थ्यकर्मीमा यसको संक्रमण देखिएको हो । उनको पतिलाई पनि जाँच गरिदैछ ।

– फ्लोरिडामा इटालीबाट फर्किएका ६० वर्षीय पुरुष र २० वर्षीया युवतीमा यसको संक्रमण देखिएको छ ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा औषधी निर्माता कम्पनीहरुसँग भेटेर यसविरुद्धको खोपको बारेमा छलफल गरे ।@ratopati

 

@setopati

अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो।

यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको बताएको छ।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका पहिलो दुई व्यक्तिको अध्ययन गरेका अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिहरुलाई संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन्।

त्यहाँ सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको छ। मृत्यु भएका चार मामिला यसै काउन्टीको एक अस्पतालसँग सम्बन्धित छन्।

काउन्टीले संक्रमितहरूलाई ‘आइसोलेसन’मा राख्न होटल खरिद गर्ने भएको छ। सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन्।

अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन्।

ती संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन्।

देशभरमा करिब ९१ वटा मामिलाहरू पुष्टि भएका छन्।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: