श्रम बजारमा प्रवेश गर्ने सबैलाई रोजगारी दिएका छौं : प्रधानमन्त्री

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी गरेका छन् । शनिबार संसदमा गरेको सम्बोधनमा २ वर्षको सरकारको प्रगति सुनाउने क्रममा उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए ।

‘श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,’ उनले भने ।अब पुराना बेरोजारलाई मात्र रोजगारी दिन बाँकी रहेको उनले बताए । उनीहरुको तथ्यांक श्रम मन्त्रालयले तथ्यांक संकलन गरिरहेको भन्दै उनले शिक्षा र सिपलाई जोड्न नसक्दा युवा साक्षर शिक्षित बेरोजाार बन्न पुगेको उनले बताए । उनले सिप अभावले बेरोजार हुने स्थिति सरकारले हटाउने बताए । @onlinekhabar

Leave a Reply

Back to top button
Close
%d bloggers like this: