राजपा र समाजवादी पार्टी बीच केही दिनमै एकता हुने ः संयोजक महेन्द्र राय यादव

सर्लाही ः राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी बीच केही दिनमै एकता हुने राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक एवं संघीय सांसद महेन्द्र राय यादवले बताएका छन् । पहिलो मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा सर्लाहीको सदरमुकाम मलंगवामा मंगलवार आयोजना गरिएको १४ औं यादगारी दिवसको अवसरमा प्रमुख अतिथिको आसनबाट राजपा संयोजक यादवले मधेश तथा उत्पीडनमा परेका जनताको हितका लागि दुवै पार्टी एकता गर्न लागेको बताउनुभएको छ ।

‘९ महिनादेखि दुवै पार्टीबीच चरणबद्धरुपमा वार्ता हुदैं आएको र पार्टीको नाम, चुनाव चिन्ह तथा  पार्टीको झण्डाको विषयमा सहमति भइसकेको,’ उहाँले बताउनुभयो । नेतृत्वको सवालमा पनि करिब–करिब सहमति भइसकेकोले महन्थ ठाकुर पार्टीको नेता हुने विषयमा सहमति भइसकेको उनले भने । उहाँले ले अगाडि मधेशको अधिकार नचाहनेहरु राजपा र समाजवादी पार्टी भित्र रहेका नेकपा र काँग्रेसका एजेन्टहरुले गर्दा एकतामा ढिलाई भइरहेको उल्लेख गर्नु भयो । ‘नेकपा र काँग्रेसले देशमा दुईवटा मात्र पार्टी चाहेको संयोजक यादवले भन्नुभयो ।

दुवै पार्टी एक नभए सम्म मधेश, मुस्लिम, थारु, जनजाती, दलित तथा उत्पीडनमा परेका वर्गको उत्थान नहुने उहाँले भन्नुभयो । मधेशी जनताको भावनाका लागि पनि पार्टी एकता हुन जरुरी रहेको उहाँको तर्क थियो । एकता  नभए मधेशी, जनजाती र दलितको मुद्दा हराएर जान्छ । दुवै पार्टी एक भएर अब पहाड हिमाल चढ्नु छ,’ उनले भने ।

राजपाले सरकारमा जानका लागि नभएर संविधान संशोधन गराउनका लागि मात्र नेकपाको सरकारसँग सम्झौता गरेको उहाँले  जिकिर गर्नुभयो । संविधान संशोधन र मधेश आन्दोलनको क्रममा झुठा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गराउनका लागि मात्र सम्झौता गरेको संयोजक यादवले बताउनु भयो । सदरमुकाम मलंगवा वडा–४ स्थित शिवसागर चौकमा आयोजना गरिएको कार्यक्रममा केद्रीय कोषाध्यक्ष मा. किरण देवी, राजपाका सह– महामन्त्री एवं सांसद प्रत्याशी राकेश मिश्रा,केन्द्रीय सदस्य विजय यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । @mahottaripost

Leave a Reply

Back to top button
Close