नक्कली कागजात बनाएर म्यानमार जान लागेका दुई नेपाली महिला पक्राउ

२१ माघ, काठमाडौं । नक्कली पासपोर्ट र कागजात बनाएर भारत हुँदै म्यानमार जान खोज्ने दुई जना नेपाली महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस. सरस्वती रहेको भारतीय मिडिया द हिन्दू

समाचारमा उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । उनीहरुलाई आइतबार साँझ म्यानमारका अध्यागमन अधिकारीहरुले अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीहरुलाई नक्कली कागजातसहित जिम्मा लगाइदिएका थिए ।

उनीहरुविरुद्ध मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी स्टेशनमा घटनाबारे उजुरी दर्ता गरेर थप अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । @onlinekhabar

 

Leave a Reply

Back to top button
Close
%d bloggers like this: