हत्या गरिएको अवस्थामा वडाध्यक्षको शब फेला

२१ माघ २०७६ अछाम – अछाममा एक जना जनप्रतिनिधीको हत्या गरिएको अवस्थामा सब फेला परेकाे छ। नेपाली कांग्रेसबाट निवार्चित पञ्चदेवल बिनायक नगरपालिका वडा नंं. २ का वडाध्यक्ष पदमबहादुर धामीको मंगलवार विहान हत्या भएको अबस्थामा सब भेटिएको स्थानीयले जनाएका छन्।

हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन नसकेको नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए। घटनाको सत्य तथ्य छानविन गरी दोषी कडा कारबाही हुनुपर्ने उनले वताए।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगगिसकेकाे अछाम प्रहरी प्रमुख दिपक भारतीले वताए।

४० बर्षिया धामीको आज बिहान ६ वजे तिर हत्या गरिएको अवस्थामा सब फेला परेको थियो। हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए। @nagriknews

Leave a Reply

Back to top button
Close
%d bloggers like this: