रातो नदीको पुल शिलान्यास

महोत्तरी, १८ माघ । जिल्लाको भंगहा नगरपालिका–२ को सिग्याहीमा रातो नदी पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका नेता तथा प्रतिनिधिसभा सदस्य शरत्सिंह भण्डारी र प्रदेश २ को भौतिक पूर्वाधार बिकासमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा पुजापाठ गरी पुलको शिलान्यास गरेका छन् ।

पुल शिलान्यास कार्यक्रममा प्रदेश सांसद जैनुल राइन, राजपा नेता ज्ञानेन्द्र झा, राजेन्द्र सिंह भगहा न.पा. मेयर सन्जीव साहलगायत पूर्वाधार निर्देशनालय कार्यालय प्रमुख श्यामसुन्दर मिश्र लगायत स्थानीहरुको बाक्लो उपस्थिति थियो ।

भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट रातो नदीको पुल टेन्डर भइ कामकाज शुरु भएको छ ।

पुलको लागत रु. २० करोड तीन लाख ६५ हजार दुई सय ६ रुपैयाँ ७५ पैसा रहेको छ । सो पुल निर्माण कार्य वि.सं. २०७९ असार २२ गते सम्पन्न हुने भनिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचीव राजेन्द्र खनालको अध्यक्षतामा र कार्यक्रम संचालन ग्रामीण सडक महाशाखा प्रमुख कृष्ण मिश्रले गरेका थिए ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: