बंगलादेशमा सामाजिक अभियन्ता रायलाई ‘अ म्यान विथ गोल्डेन हॉर्ट’को संज्ञा

काठमाडौं, १८ माघ । सामाजिक अभियन्ता सरोज रायलाई बंगलादेशको ठूलो उद्योगपतिमध्ये अकिज ग्रुप अफ इन्डस्ट्रीजका मालिकले ‘A Man With Golden Heart’ भनेका छन् ।

अहिले बंगलादेशको मानिकगंज शहरमा युके निवासी डा. कुरेशीद्वारा र अकिज टेक्सटाइट कम्पनिको सहयोगमा आयोजित निःशुल्क कृत्रिम खुट्टा लगाउने कैम्पमा स्वंमसेवा र अनुभव लिन अभियन्ता राय बंगलादेश पुकेका हुन् ।

यस्तै कैम्प जनकपुरमा यहि आउने मार्च १६ देखि संचालन गरिने जसमा करिव १५० जना खुट्टा नभएका अपांगहरूले लाभ लिन सक्नेछन् ।
कृत्रिम खुट्टा लगाएकाहरू मानिकगंजमा आयोजित कार्यक्रममा विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य अतिथि बंगलादेशको स्वास्थ्यमन्त्री थिए ।

सोही कार्यक्रमामा अकिक ग्रुप अफ इन्डस्ट्रीजका मालिक जमील उद्दीनले अभियन्ता रायको बंगलादेश भ्रमणबारे प्रष्टाउंदै ‘अ म्यान विद गोल्डेन हर्ट’ भनेर सम्मान दिएका हुन ।

कार्यक्रमको विडियो अभियन्ता राय आफ्नो समाजिक सन्जाल समेतमा सार्वजनिक गरेका छन् । @madhevani

Leave a Reply

Back to top button
Close
%d bloggers like this: