दुई महिनापछि प्रदेश २ मा सरकार वा मन्त्री परिवर्तन निश्चित

जनकपुरधाम, प्रदेश नं. २

प्रदेश सरकारको शतवार्षिकी अर्थात दुई महिनापछि प्रदेश २ मा सरकार परिवर्तन वा मन्त्री फेरबदल हुने सम्भावना बढेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा सरकार परिवर्तन हुने चर्चा जोडतोडका साथ भइरहेको बेला लोकपुकार सँग कुरा गर्दै भने दुई महिनापछि सरकार परिवर्तन वा फेरबदल हुने सम्भावना रहेको बताएका छन ।

मन्त्री यादवले सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेतृत्वकर्ताहरुको छलफल अनुसार सरकार परिवर्तनको सम्भावना कम रहेपनि मन्त्री फेरबदल हुनेछ तर यसबीचमा केही हुदैन ।

उनले भने जनताले अपेक्षा गरे अनुसारका प्रदेश सरकारका मन्त्रीहरुले काम गर्न नसकिरहेको गुनासो आइरहेको कारण दुवै पार्टीका शिर्षस्थ नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन तर दुई महिनापछि सरकारको शतवार्षिकीपछि परिवर्तन नभएपनि मन्त्री फेरबदल हुने सम्भावना प्रबल रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पाँच वर्षसम्म यो सरकार न परिवर्तन हुने न मन्त्री नै फेरबदल हुने दाबी गरिरहेको जिज्ञासामा उनले आम मधेशी जनताको म्यान्डेट पाँच वर्षसम्म यो सरकार चलोस रहेको छ, त्यही आधारमा चल्नुपनि पर्छ तर कार्यसम्पादन मुल्यांकनको आधारमा मन्त्री फेरबदलको सम्भावना बढेर गएको हो ।

मन्त्री फेरबदलको कुरा आज होइन केही महिनाअघि राजपाको जनकपुरधाममा बसेको बैठकबाट नै निष्कर्ष निकालिएको थियो । तर पार्टीको आन्तरिक समस्याले गर्दा परिवर्तन हुन सकेन ।
प्रदेश २ सरकार राजपा नेपाल र समाजवादी पार्टीको गठबन्धनको सरकार हो ।

मुख्यमन्त्री सहित चारवटा मन्त्रालय समाजवादीले पाएको छ भने तीनवटा मन्त्रालय राजपाले पाएको हो । राजपा नेपालका राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुले मन्त्री फेरबदल गर्न पटक पटक आवाज उठाउंदै आएको छ । @lokpura

Leave a Reply

Back to top button
Close
%d bloggers like this: