बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ। नेकपा अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बिहान १० बजेबाट छलफल सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनले दुई राजनीतिक दलबीच समसामयिक विषयमा छलफल भइरहेको बताए।

यस अगाडिको बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम टुंगो लगाउन सहमति भएको थियो।

आइतबार बस्‍ने प्रतिनिधिसभाको बैठकमा सभामुखको चयन हुँदैछ। बैठकमा सभामुखमा अरु कसैको उम्मेदवारी नपरेकोले अग्‍नि सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्। यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो। बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

यता सभामुख नेकपाले पाएपछि उपसभामुखको दाबी कांग्रेसले गर्दै आएको छ। उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले सोमबार राजीनामा दिएकी थिइन्। उनले नेकपालाई सभामुख पदमा उम्मेदवारी दिन स‌ंबैधानिक रुपमै बाटो खोलिदिएकी हुन्। सभामुख निर्वाचनको प्रकियापछि खाली रहेको उपसभामुख पदको निर्वाचनको प्रक्रिया सुरु हुनेछ।  @anpurnapost

Leave a Reply

Back to top button
Close
%d bloggers like this: