डा. सिके राउत आज जनकपुरबाट गर्जने !

आज विशाल आम सभामा पनि मोटो सँख्यामा जनसहभागीता हुने विश्वास लिइएको छ ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत आज जनकपुरबाट गर्जने भएको छ ।

आज (शनिबार) जनकपुरको बाह्रविघा मैदानमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने भएपछि तराई मधेशका विभिन्न जिल्लाहरुबाट भारी सँख्यामा जनसहभागीता हुने जनाइएको छ ।

पार्टीका धनुषा इन्चार्ज इन्द्रजित यादवका अनुसार आम सभाको लागि सम्पूर्ण तयारी पूरा भईसकेको छ । जनकपुरको रंगभूमि मैदानबाट डा. राउतले सम्बोधन गर्ने भएपछि सुरक्षा कवच पनि तयार पारिएको छ । आज दिउसो १ः०० बजेदेखि डा. राउतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कुनै बेला अलगै मधेश देशको माग गर्दै आएका डा. राउत नेपालको मूलधारको राजनीति मार्फत नै मधेशलाई बन्दीबाट स्वतन्त्र गराउने बताउँदै आउनुभएको छ ।

उनको स–साना कार्यक्रममा हजारौंको सँख्यामा आम सर्वसाधारण ओर्लिने गरेकोमा आज विशाल आम सभामा पनि मोटो सँख्यामा जनसहभागीता हुने विश्वास लिइएको छ । @enewsbureau

Leave a Reply

Back to top button
Close
%d bloggers like this: