जेठी श्रीमति भएपनि नाबालिकसँग बिहे गर्दागर्दै प्रहरी पुगेपछि…

उनको बुवा तथा बेहुला कलवारले फकाई फुलाई गरी बिवाह गर्न बाध्य बनाएको जनाईएको छ ।

जनकपुरधाम । आफ्नो श्रीमति हुँदाहुँदै अर्की नाबालिका सँग विहे गर्ने क्रममा प्रहरीले बेहुला सहित ३ जनालाई पक्राउ गरेको छ ।

प्रदेश नं. २ को बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ गढीमाई मन्दिरको प्राङ्गणमा बाल विवाह भईरहेको भन्ने सुचनाको आधारमा खटिएका प्रहरी टोलीले तत्काल विवाह रोकेको हो ।

प्रहरी मन्दिर परिसरमा पुगेर हेर्दा सोही नगरपालिकाको वडा नं. ८ धर्मपुर टोल बस्ने बर्ष ३० को गणेश साह कलवारले आफ्नो घरमा जेठी श्रीमती हुँदा हुदै एक १६ बर्षिय नाबालिकासँग विहे गर्ने क्रममा पक्राउ परेका हुन् ।नाबालिकासँग विवाह गर्न लागेको अवस्थामा बेहुला बनी विवाह गर्न लागेका कलवार सहित बालिका, उनकी बुवालाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार, नाबालिकालाई उनको बुवा तथा बेहुला कलवारले फकाई फुलाई गरी बिवाह गर्न बाध्य बनाएको जनाईएको छ ।

कलवारको जेठी श्रीमती समेतले आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा दिएको जाहेरी दरखास्तको आधारमा जिल्ला अदालत बाराबाट बालबिवाह तथा बाल बिवाह उद्योग मुद्दामा ५ दिन म्याद अनुमति लिई हिरासतमा राखेर अनुसन्धान भईरहेको जनाइएको छ । @newsbeuro

Leave a Reply

Back to top button
Close
%d bloggers like this: