समाजवादीका नेता यादवले राजपाका नेतालाई नैतिकताको पाठ पढाउन थालेपछि…

जनपुरधाम, माघ १० गते ।

राष्ट्रिय सभामा लज्जास्पद हार व्यहोरेपछि समाजवादी पार्टीका नेताहरुले अब पुनः नैतिकताको कुरा गर्न थालेका छन् । चुनावपछि १९ महिना सम्म संघीय सरकारमा बसेर सत्ताको रसपान गरेका समाजवादीका नेताहरुले अब पुनः सहिदको बलिदानी, योगदान र मधेश मुद्दाको बारेमा चिन्तन गर्न थालेका छन् । प्रदेश २ मा कृषि राज्य मन्त्री समेत रहनुभएका समाजवादी पार्टीका युवा नेता योगेन्द्र राय यादवले राजपा नेपालका नेताहरुलाई नैतिकताको पाठ पढाउन थालेका छन् ।

आजै विहानै सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री यादवले राजपा र नेकपाको गठबन्धन अपवित्र भएको भन्दै राजपाका नेताहरुलाई सच्चिनुपर्ने सुझाएका छन् । सोही स्टाटसमा राजपा नेपालका संघीय सांसद प्रमोद साहले प्रतिउत्तर दिदैं १९ महिना सम्म उपेन्द्र यादव सत्तामा रहँदा मधेश र मधेशीको मुद्दाको बारेमा एक शब्द पनि नबोल्ने र अहिले सहिदको याद गर्नु कति जायज भएको प्रतिप्रश्न गरेका छन ।

Leave a Reply

Back to top button
Close