प्रादेशिक पर्यटन बजारीकरण : भ्रमण वर्ष–२०२० एक अवसर

१. पृष्ठभूमि
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन सङ्गठनको परिभाषा अनुसार पर्यटकले “आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस (२४) घण्टा भन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलाप बाहेक अरू उद्देश्यका लागि यात्रा गरि बस्ने“ मान्छेलाई जनाउँछ । विश्व समाजमा पर्यटन एक लोकप्रिय फुर्सदको मनोरञ्जनात्मक क्रियाकलाप भएको छ।

अर्थशास्त्रमा एउटा भनाइ छ, व्यक्ति (धनी) हरूले जति बढी आर्जन गर्छन त्यति नै उनीहरूमा फाल्तु कुरामा खर्च गर्ने गर्ने प्रवृति बढेर जान्छ। यो नाकारात्मक भनाइलाई सकारात्मक किसिमले लिने हो भने धनीहरूको पैसा गरिबहरूसम्म पुर्याउन, रोजगारी श्रृजना गर्न एवं राष्ट्रिय आय वितरणलाई सन्तुलित तुल्याउन पर्यटनको भूमिका महत्वपूर्ण हुन्छ। यसैगरी, स्थानीय स्रोतहरूको विकास एवं संरक्षण गर्न पर्यटनको भूमिका अग्रणी हुन्छ। पैसावालहरुले मनोरञ्जन, लुगाफाटो, अन्य किनमेल, घुमफिर (पर्यटन) मा खर्च गर्छन । नेपालको सन्दर्भमा यो भनाइ पूर्णतया लागू हुन नसक्ला ।

नेपाल वा दक्षिण एशिया क्षेत्रमा पैसा भनेको जसरी पनि जोगाउनु पर्ने र खर्च गर्नु मूर्खता हुने भन्ने धारणा व्याप्त रहेको छ । त्यसैकारण यस क्षेत्रमा व्यापारको राम्रो विकास हुन नसकेको हो । तर विकसित देशहरूमा पैसाको जन्म नै खर्च गर्नका लागि भएको भन्ने धारणा व्याप्त रहेकोले यी मुलुकहरूमा व्यापारको पर्याप्त विकास हुन सकेको हो ।

तर अव नेपालमा पनि हुनेले पैसा खर्च गर्नु पर्छ भन्ने धारणाको विकास हुन थालेकोले नेपालीहरूले आफूसँग रहेको बचत मनोरञ्जन, किनमेल, घुमफिरमा खर्च गर्न थालेका छन । भ्रमण वर्ष २०२० ले यस किसिमको परिस्थिति विकासका साथै नेपालमा पनि आन्तरिक एवं वाह्य पर्यटनको विकासको लागि थप औसरहरू सृजना भएको छ ।

पर्यटन बजारीकरणको शिलशिलामा काठमाडौमा ठूला ठूला होटल एवं पर्यटकीय गन्तव्यहरूको विकास भए। तर काठमाडौको तुलनामा अन्य नेपाली शहरहरूमा पर्यटनको विकास शून्य वराबर रह्यो। पर्यटन विकासको लागि ठूलो पूर्वाधार हुँदा हुँदै पनि तराइका सर्वाधिक महत्वपूर्ण पर्यटकीय स्थल ‘जनकपुरधाम’ र ‘सिम्रौनगढ’ सदा ओझलमा रहे। आज प्रदेश सरकारको उपस्थिति रहेको छ तर पनि पर्यटन वजारीकरण प्रायः शुन्य जस्तो छ प्रदेश नं. २ मा ।प्रश्न उठ्दछः किन ?स्थानीयको सक्रियता पुगेन वा स्थानिय वा प्रदेश एवं केन्द्र सरकारको? जे होस, तराइका शहरहरूमा पर्यटनको प्रयाप्त विकास हुन सकेन।

२. पर्यटन बजारीकरण :

२.१ स्थानीय आय वृद्घि

पर्यटनमा देश भित्र कै अनेक स्थानहरूमा पर्यटकहरु मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुग्छन। यसरी उनीहरू भ्रमणका लागि विभिन्न स्थानहरूमा पुग्दा उनीहरूले यातायातका साधन, होटल, रेष्टुरेन्ट, पसल, सिनेमा हल आदिको प्रयोग (माग) गर्छन। यी सुविधाहरू स्थानीयले पर्यटकहरूलाई उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमक कार्यहरू गर्दा स्वतः रोजगारी सृजना हुन्छ। स्थानीयको हातमा पैसा पर्ने अवसर सृजना हुन्छ । विभिन्न स्थानका व्यक्तिहरू विभिन्न स्थानहरूमा पुग्ने र खर्च गर्ने हुनाले विभिन्न व्यक्तिहरूको हातमा पैसा पर्न गएर वा आम्दानीको औसर सृजना भएर राष्ट्रिय आय वितरण कार्य प्रभावकारी हुन पुग्छ वा सन्तुलनतिर अग्रसर हुन्छ।

२.२ पर्यटकीय स्थलहरुको विकासः

प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थल, प्रचीन संस्कृति आदि आदि पर्यटकको लागि गन्तव्य हुन सक्छन नै, साथै थप पुर्वाधारहरुको विकास गरेर तथा आवश्यक सुविधाहरुको जडान गरेर पर्यटकको गन्तव्य बनाउन सकिन्छ। प्रदेश नं. २ मा पनि पर्यटनका लागि विभिन्न गन्तव्यहरू बनाउने सन्दर्भमा जिल्ला स्थित निम्न वमोजिमका प्राकृतिक, ऐतिहासिक र धार्मिक क्षेत्रहरुमा पुर्वाधार विकास गरी जिल्लाको जीवनशैली वा परिचयलाई नै पनि पर्यटकको लागि गन्तव्य बनाउन सकिन्छ। यस्तो गरेर स्थानीयहरूको लागि रोजगारी सृजना गर्न सकिन्छ। आय वृद्धि गर्न सकिन्छ।

३. दिगो विकासको लागी पर्यटन भ्रमण वर्ष :

पर्यटनको प्रवद्र्धन गर्न र यस क्षेत्रको विकास गर्ने उद्देश्यले नेपालले सन् १९९८ मा ‘अ वल्र्ड अफ इट्स वन’ भन्ने नारा सहित भ्रमण वर्ष मनाएको थियो ं। पर्यटन बोर्ड पनि सोही समयदेखि सञ्चालनमा आएको हो । ‘माउन्ट एभरेस्ट एन्ड मोर एक्सपिरेन्स इन नेपाल’ लाई मार्के्टिङ स्लोगानका रूपमा प्रयोग पनि गरिएको थियो ं। सन् २०११ मा ‘टुगेदर फर टुरिजम’ भन्ने स्लोगन थियो । सन् २००५ मा ‘नेचुरल्ली नेपाल वान्स इज नट इन अफ’ भन्ने स्लोगान प्रयोग गरिएको थियो ं। यस्तो पर्यटकीय नाराको एउटै उद्देश्य भनेको पर्यटक आकर्षित गर्ने र नेपालले पर्यटनको मार्के्टिङ गर्ने आधार बनाएको थियो ।

नेपाल माउन्टेनको गन्तव्य र एड्भेन्चरस गतिविधिको क्षेत्र हो भनेर हामीले चिनाएका छौं । यसको इमेज नेपालको पर्यटनमा लामो समयसम्म रहि नै रहेको छ । पछिल्ला दिनमा संसारभर नै कम्फोर्ट र लक्जरी खोज्दै हिँड्ने पर्यटकहरू नयाँ अनुभव खोज्दै हिँड्न थालेका छन् । त्यसपछि हामीले पनि हाम्रो पर्यटन हिमाल र साहसिक क्षेत्रमा मात्रै सीमित नराखेर हाम्रा पर्यटनका विशेषतालाई सम्पदा, धार्मिकस्थल, चाडपर्व, रहनसहन, ग्रामिण पर्यटन सहितमा प्रचार गर्न थालेका छौ ं। हामीकहाँ पर्यटनमा विविधता छ । हाम्रो पर्यटकीय विविधतालाई एउटै ढंगले मार्के्टिङ गर्न धेरै गाह्रो पनि छ ।

भ्रमण वर्ष २०२० का लागि नेपाल घुम्नु भनेको ‘लाइफ टाइम एक्सपिरेन्स’ हो भन्ने थिम अघि सारिएको छ । विभिन्न निजी क्षेत्र र परामर्शदातासँगको संयुक्त सहकार्यमा हामी भ्रमण वर्ष मनाउँदै छौ । विगत लामो समयदेखि पर्यटकमा रहेको नेपाल प्रतिको दृष्टिलाई थप परिष्कृत गर्न अबको अभियान महत्वपूर्ण सावित हुनेछ । ‘भिजिट नेपाल–२०२०’ मा २० लाख पर्यटकको लक्ष्य पु¥याउन पूर्वाधार निर्माण द्रुतगतिमा सम्पन्न गर्न आवश्यक छ ।

सडक र हवाई मार्गमा सहज पहुँचको निर्माणमा जोड दिनु आवश्यक छ । पर्यटन प्रवर्धनको लावी नयाँ प्रविधिको प्रयोग गर्दै नयाँ ढंगले अन्तर्रा्ष्ट्रिय जगतमा नेपालको प्रचार गर्न जरुरी छ । चाईना र भारतको बोर्डरबाट पर्यटक भित्रयाउने अभियान सुरु गर्नु आवश्यक छ । सरकारले राष्ट्रिय प्याकेज घोषणा गर्न पनि आवश्यक छ, जसमा हिमाल, पहाड, तराईमा कस्तो कस्तो प्याकेज दिने, प्रादेशिक प्याकेज के हुने ? होटलहरूले के दिने, अन्य टुर एन्ड ट्राभलको प्याकेज बनाएर प्रचार गर्न जरुरी छ । किनभने अहिले विश्वभरि नै यस्ता प्रवद्र्धनका कार्यक्रमहरूमा प्याकेज कस्तो छ भनेर गुगलमा सर्च हुने गरेको छ । नेपालले पनि धेरै प्याकेज दिएर ब्रान्डिङ गर्न सके धेरै नै सहयोग पुग्नेछ ।

४. दिगो पर्यटनको विकास

विश्व पर्यटन संगठनले पर्यटनलाई दिगो विकासका लक्ष्य (सन् २०१६–२०३०) पूरा गर्ने महत्वपूर्ण औजारका रूपमा स्विकार्दै पर्यटनसम्बन्धी विश्वव्यापी मूल्य–मान्यताको विकास गर्दै आएको छ । संगठनको अगुवाइमा फ्रान्स, मोरक्को र दक्षिण कोरिया सरकारको सह–अगुवाइमा सन् २०१४ मा दिगो पर्यटन र पर्या–पर्यटनको अवधारणा आएको थियो । यसको मुख्य उद्देश्य विश्वव्यापी रूपमा पर्यटन क्षेत्रको दिगो र भरपर्दो उपयोग, किफायती पर्यटकीय सेवा, गुणस्तरीय पर्यटकीय वस्तुको उत्पादन गर्दै वातावरणीय, सामाजिक निर्यातहरूमा बढोत्तरीका साथै आर्थिक कार्यक्षमतामा समेत वृद्धि ल्याउने थियो ।

वास्तवमा दिगो पर्यटनको चर्चा सन् ८० को दशकमा आएको दिगो विकासको अवधारणाले ल्याएको हो । दिगो पर्यटनलाई पर्या–पर्यटन, प्रकृतिमैत्री पर्यटन, हरित पर्यटन तथा सांस्कृतिक पर्यटनको अवधारणासँग पनि जोडेर हेर्ने गरिन्छ । दिगो पर्यटनले पर्यटकीय क्रियाकलापमा स्थानीय बासिन्दाहरूको अर्थपूर्ण सहभागिता, प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाहरूको जगेर्ना गर्दै पर्यटकको सम्मान र सुरक्षा प्रदान गर्नेतर्फ जोड दिन्छ ।

दिगो विकासका लक्ष्यहरू सन् २०३० सम्ममा प्राप्त गर्नेतर्फ अहिले विश्व समुदाय लागिपरेको छ । विश्व पर्यटन संगठनले सन् २०१७ लाई ‘विकासका लागि दिगो पर्यटन’ अन्तरराष्ट्रिय वर्षका रूपमा मनाएको थियो । सोही अनुरुप नेपालले पनि ‘भिजिट नेपाल–२०२०’ मनाउन लागेको हो ।

४.१ नेपालको अवस्था

नेपालको पर्यटन विकासक्रमले औपचारिक गति सन् १९५० मा प्रजातन्त्रको स्थापनापश्चात् लिएको थियो । सन् २००९ देखि २०१८ सम्मको तथ्यांक विश्लेषण गर्दा निम्न वमोजिम देखिन्छ ।

हाल पर्यटन क्षेत्रले करिब १ लाख ५० हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । जैविक विविधताको दृष्टिकोणले विश्वमा २५ औं स्थान र एसियामा ११ औं स्थानमा पर्ने नेपालका लागि यी आँकडा सन्तोषजनक मान्न सकिँदैन । भूकम्प, अघोषित नाकाबन्दी, राजनीतिक अस्थिरतालगायतका कारणले उक्त ह्रास आएको हो ।

४.२ धार्मिक पर्यटन नै मुख्य प्रादेशिक पर्यटन
जबसम्म मानिसको हृदयमा धार्मिक भावनाले ठाउँ लिँदैन तबसम्म संसारमा सत्यताले जरो गाड्न सक्दैन । तसर्थ धार्मिक भावना सबैको हृदय र मन मस्तिष्कमा हुनु अत्यन्त आवश्यक छ । यही प्रेरणा र चाहना बोके मानिस धार्मिक तीर्थयात्रीको रुपमा विभिन्न मन्दिरहरुको स्थलमा देव दर्शन गर्न जाने गर्दछन् । हाम्रो हिन्दू धर्म शास्त्रले पनि भनेको छ । “अन्य क्षेत्र कृतम पापम तीर्थ क्षेत्र विनस्यन्ति, तीर्थ क्षेत्र कृतम पापम् वज्र लेप भविष्यमन्ति ।”अर्थात आम क्षेत्रमा गरिएको पाप तीर्थ क्षेत्रमा नाश हुन्छ र तीर्थ क्षेत्रमा गरेको पाप वज्रलेप भएर रहन्छ ।

तसर्थ जानी नजानी पनि भएका पापहरु तीर्थ क्षेत्रमा देव दर्शन गर्न मन्दिरमा गएपछि नाश हुन्छ भन्ने धारणाले पनि धार्मिक तीर्थयात्रीको रुपमा मानिसहरु तीर्थस्थलमा आउने जाने गर्दछन् । तीर्थस्थलबाट पवित्र जीवन र ज्ञानयुक्त जीवन प्राप्त हुन्छ । तीर्थबाट धर्म र मोक्ष प्राप्त हुन्छ भन्ने कुरा हाम्रो शास्त्रले पनि वर्णन गरेको छ । तसर्थ जीवनको लक्ष्य, धर्म र मोक्ष प्राप्तिको लागि तीर्थ गर्नुपर्दछ भन्ने धारणा रहेको छ ।

यही आन्तरिक लक्ष्यलाई कायम राख्ने धार्मिक पर्यटन र विकासको संरक्षण र संवद्र्धन गर्न ठूलो सहयोग पुग्न गएको छ । यहाँ हरेक वर्ष विदेशी धार्मिक पर्यटकहरु दर्शनको साथै वास्तु, विहार, चैत्य मन्दिरको अवलोकन गर्ने खोजी गरी नयाँ कुरा, वस्तुहरु पत्ता लगाउने क्रममा पनि आउने गर्दछन् । यसरी धार्मिक पर्यटन नेपालमा फस्टाएको पाईन्छ ।

यो पर्यटन कार्यले अर्को पक्षलाई सबल बनाउन सफल भएको छ । त्यो हो नेपालको अर्थ व्यवस्था हरेक वर्ष पर्यटकहरुको नेपाल आउने क्रममा वृद्धि हुनुको खास कारण यहाँका सुन्दर शान्त र पवित्र वातावरण, मन्दिरका विभिन्न सुन्दर शैलीहरु, सुन्दर मूर्तिहरु, यहाँको अनौठो जातियता, रहनसहन, भेषभूषा, बाजागाजा, संगीत जस्ता विशिष्ट किसिमका संगीत,संस्कृति, धार्मिक क्रियाकलाप आदिले निकै प्रभाव पारेको छ ।

४.३ पर्यटन विकास र चुनौती

विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो सेवाजन्य उद्योगका रूपमा विगत लामो समयदेखि पर्यटनक्षेत्रले छाप बनाएको छ । विदेशी मुद्रा आर्जन र रोजगारीको सिर्जनाका हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रही आएको छ । सहरदेखि दूरदराजका बस्तीसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेमा पर्यटन उद्योगलाई आर्थिक सवलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायको रूपमा विकास गर्न सकिन्छ ।

तर हाम्रा अगाडि गुणस्तरीय पर्यटन प्रवद्र्धनका थप चुनौतीहरू छन् । यी चुनौतीको सामना गर्न अन्तर्रा्ष्ट्रिय बजारीकरण सञ्जाल तथा व्यावसायिक प्रवद्र्धनको क्षमता र कार्य कुशलताले मात्रै सकिन्छ ।

सरकारले २० लाख पर्यटक भित्रयाउने केही महत्वाकांक्षी कार्यक्रमका साथ नेपाल भ्रमण वर्ष २०२० ल्याएको छ । यो लक्ष्य पूरा गर्ने सन्दर्भमा निकै काम गर्नुपर्ने देखिन्छः

(क) सामुहिक प्रतिवद्धता र जिम्मेवारी बोधः किनकी नेपालमा प्रतिवर्ष पर्यटनको आवागमनको प्रवृत्तिलाई हेरेको खण्डमा गत वर्ष १० लाखको हाराहारीमा पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाउँछ ।
(ख) नवीन पर्यटकीय सेवाका कार्यक्रमहरूको तत्काल कार्यान्वयन
(ग) प्रभावकारी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचारप्रसार
(घ) प्रदेश तथा स्थानीय तहसँगको साझोदारीमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन
(ङ) ‘सबै समय सबै याम पर्यटन सेवा’ भन्ने मान्यता अनुसार पर्यटन प्रवद्र्धन
(च) दिगो र गुणस्तरीय पर्यटन प्रवद्र्धनको सन्देश
(छ) विमानस्थलहरूको प्राविधिक तथा भौतिक स्तरोन्नति गरी भरपर्दो तथा सुरक्षित विमानसेवा
(ज) होटल तथा रिसोर्टहरूको स्तरोन्नति र गुणस्तरीय सेवा
(झ) घरबास ग्रामीण पर्यटनको विकास र विस्तार
(ञ) आकर्षक भ्रमण प्याकेज

४.४ दिगो पर्यटन विकास र स्थानीयकरण
दिगो पर्यटन विकासकोे स्थानीयकरण भनेको विश्वव्यापी सन्दर्भमा तय भएका दिगो विकास लक्ष्य अन्तर्गत परिमाणात्मक लक्ष्य र सूचकहरूलाई स्थानीय स्रोत र साधनअनुसार उपयुक्त ढङ्गबाट परिमार्जन गर्दे पर्यटन प्रवर्धन सम्वन्धी स्थानीय योजना बनाउँदा तिनीहरूको आन्तरिकीकरण तथा अन्तरघुलन कायम गराइ कार्यान्वयनमा ल्याउनु हो ।
४.४.१ दिगो पर्यटन विकासको स्थानीयकरण के का लागि?

१. दिगो पर्यटन विकासको अवधारणा र कार्यान्वयनमा स्पष्टता तथा एकरूपता ल्याउन ।
२. दिगो पर्यटन विकासमा सरोकारवालाहरूको सहभागिता तथा योगदान सुनिश्चित गर्न ।
३. स्थानीय स्रोत र साधनको सदुपयोग गर्दे थप पर्यटकिय सम्भाव्यताको खोजी गर्न ।
४. पर्यटन बजारीकरणमा स्थानीय सीप र जनशक्तिको सदुपयोग गर्न।
५. स्थानीय सरकारको आर्थिक तथा प्रशासनिक रणनीति, बजेट तथा कार्यक्रममा दिगो पर्यटन विकासका आयामहरू स्पष्ट ढङ्गले समेट्न ।
६. दिगो पर्यटन विकासका लागि एकीकृत कार्यगत रणनीतिक योजना र आन्तरिकीकरण गर्न ।
७. स्थानीय जन–प्रतिनिधिको इच्छाशक्तिमा थप अभिवृद्धि गर्दे दिगो पर्यटन विकास हासिलका लागि अपनत्व महसुस गर्दै अघि बढ्ने वातावरण सृजना गर्न ।

४.४.२ पर्यटन वजारीकरण मार्फत दिगो विकास लक्ष्य स्थानीयकरणमा अवसरहरू

१. स्थानीयहरूको जीवनस्तर माथि उकास्ने महत्वपूर्ण औजार ।
२. सबै खालका विभेदको अन्त्य गरी सम्मानजक बाँच्न पाउने वातावरण सृजना गर्ने आधार ।
३. क्षमता अभिवृद्धि तथा सामाजिक रूपान्तरणको माध्यम ।
४. ज्ञान, शिपर रचनात्मक गतिविधिमा प्रोत्साहन ।
५. राज्यका सबै तहहरू बिच आपसी समझदारी र पारस्परिकतामा वृद्धि ।
६. कसैलाई पनि पछाडि नछोड्ने मुलमन्त्रको सदुपयोग ।
७. स्थानीय समृद्धिलाई विश्वव्यापीकरण गर्ने अवसर ।
८. नागरिकका मौलिकहकहरुको कार्यान्वयनमा सहयोगी ।
९. परम्परागत, सीप, कला संस्कृतिको पुस्तान्तरणमा सहयोग ।
१० स्थानीय सीप र स्रोत साधनको सदुपयोगको अवसर ।

५. निष्कर्ष

नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी र विश्वव्यापी प्रचारप्रसार, ब्रान्डिङ विकास, पर्यटन प्रवद्र्धनमा आधुनिक सञ्चार प्रविधिको उच्चतम प्रयोग, ऊर्जा संकटको न्यूनीकरण, दक्ष जनशक्तिको विकास, किफायती र भरपर्दो हवाई सञ्जालको व्यवस्था, अन अराइभल भिसा सुविधा, पर्यटन पूर्वाधार विकासमा वातावरणीय पक्षको ध्यानजस्ता पक्षहरूले समग्र पर्यटन व्यवस्थापनमा सर्वा्धिक महत्व राख्छन् ।
यद्यपि नेपालको कमजोर आर्थिक कूटनीति, दक्ष जनशक्तिको अभाव, द्वन्द्वकाल र भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचनाहरूको पुनर्निर्माणमा ढिलाइ, पर्यटन पूर्वाधार निर्माणमा संलग्न निकायबीच तालमेलको कमी, बन्द–हड्ताल र बढ्दो प्रदूषणजस्ता चुनौती हाम्रो पर्यटन क्षेत्रमा विद्यमान छन् ।
जलवायु परिवर्तन, खाद्यसुरक्षा प्रणाली र दिगो विकासका लक्ष्य हाल विश्वमा चर्चामा छाएका विषयहरू हुन । यी तीनवटै विषयसँग दिगो पर्यटनको अवधारणाले पनि सामीप्य राख्छ । जसरी खाडी मुलुकले मरुभूमि पर्यटन र तटीय मुलुकहरूले सामुद्रिक पर्यटनको विकासलाई अघि ल्याएका छन् त्यसैगरी प्रदेश नं. २ ले उपलब्ध स्रोत, साधन, सीप र पर्यटकीय गन्तव्यहरूको समुचित प्रयोग गर्दै धार्मिक पर्यटन व्यवस्थापनमा जोड दिनुपर्छ ।
पर्यटन भ्रमण वर्ष, २०२० लाई एक अवसर मानी प्रदेश भित्रका धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राकृतिक सम्पदाहरूको दिगो उपयोग गर्दै पर्यटकीय क्रियाकलापबाट प्रादेशिक एवं राष्ट्रिय आयमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राखी दिगो पर्यटनको अवधारणालाई नीतिगत रुपमै आत्मसात गरिनु पर्दछ । पर्यटन उद्योगबाट प्राप्त हुने प्रतिफलको अन्तिम प्राप्तकर्ता स्वयं जनता नै हुने हुँदा जनस्तरबाट पर्यटन क्षेत्रको व्यवस्थापनमा अहम भूमिका रहन्छ । पर्यटन व्यवसायबाट प्रत्यक्ष लाभ पाउने निजी क्षेत्र, व्यवसायीहरूले पनि आफ्नो विशिष्ट भूमिका निर्वाह गर्नुपर्छ । सरकारी तहबाट पनि समयसापेक्ष पर्यटनमैत्री नीति, नियम र कानुनको निर्माण गरी सोको उचित कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्नुपर्छ । @madheshvani
बेचन कुमार महतो
शाखा अधिकृत (प्रा.)
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,
प्रदेश नं. २, जनकपुरधाम

Leave a Reply

Back to top button
Close
%d bloggers like this: