१ सय ८० यात्रु बाेकेकाे हवाई जहाज तेहरानमा दुर्घटना

पुस २३, २०७६ ईरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ ।

हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । तर याे दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी राेयटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ्ग ७३७ विमान ईरानकाे इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएकाे हाे ।

उद्धारकर्ता टाेलीलाई हवाई जहाज दुर्घटना भएकाे ठाउँमा पठाइएकाे छ । ईरानकाे आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी राेयटर्सलाई भने, ‘हवाई जहाजमा आगलागी भएकाे छ, सायद हामी केही यात्रीलाई बचाउन सक्छाैँ । @ujyaaloonline

Leave a Reply

Back to top button
Close
%d bloggers like this: