प्रदेश २ का किसानलाई अब प्रतिलिटर दूधमा २ रुपैयाँ अनुदान

प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ ।

प्रदेश सरकारले प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् ।

यस प्रदेशका किसानलाई यही पुस महिनादेखि अनुदान दिने मन्त्री साहले जानकारी दिए । बजारमा दूध बेचे त्यसको रेकर्ड नरहने भएकाले त्यस्ता किसानले भने अनुदान पाउृने छैनन् । मन्त्री साहले दूध सहकारी संस्था, संकलन केन्द्र र डेरीमा दूध बेच्ने किसानको रेकर्ड रहने भएकाले यस्ता ठाउँमा दूध बेच्ने किसानले अनुदान पाउने बताए ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: