प्रदेश २ : संकटमा राउत सरकार, राजपा–सपाको ‘ब्रेकअप’ ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको सहमतिले प्रदेश २ को राजनीतिक वृतलाई तरंगित बनाएको छ ।

राष्ट्रिय सभाको रिक्त १८ पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच भएको सहमतिपछि प्रदेश २ मा सत्ता समीकरण बदल्ने चर्चा सुरू भएको छ । नेकपा र राजपाबीच दुईबुँदे सहमति भएसँगै सत्ता समीकरणको चर्चा सुरु भएको हो ।

राजपा र नेकपाबीचको नयाँ सहमतिले राउत सरकार संकटमा पर्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरु बताउँछन् । यो तालमेल सानो तयारीका साथ नभएको उनीहरुको तर्क छ । प्रदेश २ का राजपा र समाजवादीकै अधिकांश नेताहरू भन्छन्, ‘राजनीतिमा न त कोही स्थायी शत्रु हुन्छ, न स्थायी मित्र नै, त्यसकारण समीकरण जुन बेला पनि परिवर्तन हुन सक्छ ।’

प्रदेश २ मा कुल १०७ मध्ये नेकपा ३२, समाजवादी पार्टी २९, राजपा २५, नेपाली कांग्रेस १९ र नेपाल समाजवादी पार्टीको १ सिट छ भने स्वतन्त्रको १ सिट  छ । नेकपा र राजपा मिल्दा ५८ सिट हुनेछ । यो सत्ता समीकरणका लागि पर्याप्त सिट हो । अहिले प्रदेश २ मा राजपाको सहभागिता र समर्थनमा समाजवादी पार्टीका मुख्यमन्त्री छन् । प्रदेश २ को सरकार र केन्द्र सरकारबीच बेलाबखत विवाद उत्पन्न हुने गरेका छन् ।

प्रदेश सरकारले क्षेत्राधिकारको विषयलाई लिएर केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ । संघीयता कार्यान्वयनको चरणमै रहेको समयमा केन्द्र सरकारसँग खटपट गरिरहेको विषय नेकपाको नेतृत्व र सिंहदरबारले मन पराएको छैन ।

संघीय संसदमा प्रतिपक्षको भूमिकामा प्रस्तुत हुँदै आएको मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमतिले नयाँ राजनीतिक ध्रुवीकरण भएकोमा भने धेरै नेता सहमत देखिएका छन् ।

पछिल्लो समय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको व्यवहारले राजपा नेताहरु निकै असन्तुष्ट देखिन्छन् । उनको हेपाहा पाराले आजित भएर राजपाले नेकपासँग सहमति गरेका हुन् । कतिपयले यसलाई समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘साइज’मा ल्याउन यो सहमति भएको भनी टिप्पनी गरेका छन् ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: