मछिन्द्रको टिम घोषणा, राष्ट्रिय टिमका ९ खेलाडी

काठमाडौं । मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको लागि टिम सार्वजनिक गरेको छ । विराज महर्जनको कप्तानीमा रहेको टिममा १३औं सागमा नेपाललाई स्वर्ण जिताउने खेलाडीहरु समेत छन् ।

यू(२३ टिमका कप्तान सुजल श्रेष्ठसँगै अभिषेक रिजाल, विशाल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङ, हेमन गुरुङ, रन्जित धिमाल, सूर्य अधिकारी र योगेश गुरूङ टिममा छन् । यस्तै वुद्ध चेम्जोङ, दीपक राई, यू १९ का कप्तान रेजिन सुब्बा, नाइजेरियन फुटबलर पेटर सेगुन, एडिलाजा सोमिडे र क्यानरुनका आन्द्रेस निआ पनि टिममा छन् ।

यस्तै प्रशिक्षकमा प्रवेश कटवाल छन् । क्लबले ए डिभिजन लिग २०७६ को जर्सी समेत सार्वजनिक गरेको छ, जसमा उसले सानमिगेलको साथ पाएको छ । क्लबका अध्यक्ष प्रवोधवीर सिंह कंशाकरका अनुसार यो वर्ष क्लबको बजेट २ करोड छ, जसमध्ये एक करोड खेलाडीहरुमा खर्च गरिएको छ । क्लबले विराज, सुजलसहितका खेलाडीहरुलाई मनाङ मर्स्याङ्दी क्लबबाट अनुबन्ध गरेको हो ।

कप्तान विराटले यो वर्ष लिग जित्ने लक्ष्य रहेको सुनाए । मछिन्द्रले उद्घाटन खेलमा भोलि शनिबार ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ।

Leave a Reply

Back to top button
Close
%d bloggers like this: